Banner

रिजवुडमा देउसी भैलो भव्यरुपमा खेलिदै,दक्षिणा रकम मन्दिर तथा सामुदायिक भवन पुनर्निर्माणका लागी खर्चिने

 

मकै हाउस मिडिया,

न्युयोर्क । दुर्गा मन्दिर एवं नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रको पुनर्निर्माणमा सहयोग जुटाउने र आफ्नो रितिरिवाज तथा संस्कृतीको निरन्तरताको उद्देश्यका साथ रिजनवुड नेपाली समाजले यस वर्ष पनि भव्य “देउसी भैलो कार्यक्रम” आयोजना गर्ने भएको छ।

कार्यक्रम अक्टोबर १८, २०२५ (शनिबार) साँझ ६:३० बजे देखि राति ११:०० बजेसम्म दुर्गा मन्दिर एवं नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्र, १६६२ स्टीफन स्ट्रीट, रिजवुड, न्यूयोर्क ११३८५ मा हुने भएको छ।

आयोजक संस्थाका अनुसार यस कार्यक्रमबाट दक्षिणा स्वरुप प्राप्त रकम दुर्गा मन्दिर र सामुदायिक केन्द्रको पुनर्निर्माण तथा विस्तार कार्यमा प्रयोग गरिनेछ। कार्यक्रममा शुभकामना आदान–प्रदान, सांस्कृतिक प्रस्तुति, देउसी–भैलो खेल्ने तथा सामूहिक भोजजस्ता आकर्षक कार्यक्रमहरू समावेश हुनेछन्।

रिजनवुड नेपाली समाजका प्रतिनिधिहरूले नेपाली समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्न यस्तो सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। साथै, न्यूयोर्क र वरपर क्षेत्रका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

 

Loading...