Banner

केप कड नेपाली समाजद्वारा देउसी–भैलो कार्यक्रमको तयारी, तिहारको शुभकामना आदान–प्रदान हुने

 

मकै हाउस मिडिया,

म्यासाचुसेट्स, अक्टोबर १७। केप कड नेपाली समाजले नेपाल सम्बत ११४६ तथा तिहार पर्वको शुभकामना आदान–प्रदानका अवसरमा भव्य देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम आगामी अक्टोबर २१, २०२५ (मंगलबार) का दिन साँझ ५:०० बजेदेखि म्यासाचुसेट्सको ह्यानिसस्थित Courtyard by Marriott Hotel, 707 Iyannough Road, Hyannis, MA 02601 मा हुने भएको छ।

आयोजक संस्थाका अनुसार, यस कार्यक्रमको प्रवेश निःशुल्क (Free Entrance) रहनेछ। कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य, गीत–संगीत, रमाइलो देउसी–भैलो प्रदर्शन, साथै नेपाली परिकार, रमाइलो, र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।

समाजले अमेरिकाको केप कड क्षेत्रका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सहभागिताका लागि हार्दिक निमन्त्रणासहित स्वागत गरेको छ। आयोजकहरूको विश्वास छ—यस्ता सांस्कृतिक कार्यक्रमहरूले विदेशमा बसोबास गर्ने नेपालीबीच सामुदायिक एकता र संस्कृतिप्रति अभिमान बढाउन सहयोग पुर्‍याउँछ।

 

 

Loading...