Banner

किरातीहरुको महान चाड ‘बालीहाङ’को अवसर पारी न्यूयोर्कमा आज देउसी-भैलो कार्यक्रम आयोजना हुदै

 

मकै हाउस मिडिया, 

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका, न्यूयोर्क च्याप्टरले किरातीहरुको महान चाड ‘बालीहाङ’ (तिहार) को सुखद् उपलक्ष्य पारी आज न्युयोर्कमा भव्य देउसी-भैलो कार्यक्रमको आयोजना गरेको छ।

किरात राई समुदायको संस्कृति प्रवर्द्धन गर्ने उद्देश्य र नेपालीहरुको परम्परा देखि चल्दै आएको रिवाज देउसि-भैलो कार्यक्रम आज अक्टोबर १७, २०२५  साँझ ७:०० बजेदेखि बिहान २:०० बजेसम्म सञ्चालन भएको हो । 

कार्यक्रमको न्यूयोर्क, ज्याक्सन हाईट्स स्थित 40-08 76th st Elmhurst को हलमा हुनेछ , जहाँ सहभागीहरुले परम्परागत देउसी-भैलोको सांस्कृतिक प्रस्तुतिसहित भेटघाट र शुभकामना आदानप्रदान गर्नेछन् । 

किरात राई संगठनले आफ्नो समुदायको मौलिक चाडपर्वलाई प्रवासमा पनि जिवन्त राख्ने प्रयास स्वरुप यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ। कार्यक्रममा न्यूयोर्क तथा आसपासका क्षेत्रमा रहेका नेपाली समुदायका बासिन्दाहरुको उल्लेख्य उपस्थिति रहने आयोजक पक्षले जनाएको छ ।

 

Loading...