Banner

राप्ती सेवा समाज न्यूयोर्कको ‘दशैं तिहार धमाका’मा बद्री पंगेनी, एलिना चौहान र प्रताप दासको बिशेष प्रस्तुती रहने

 

मकै हाउस मिडिया,

न्यूयोर्क । राप्ती सेवा समाज न्यूयोर्कले विजया दशमी र शुभ-दीपावलीको पावन अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम ‘दशैं तिहार धमाका २०२५’ को आयोजना गर्ने भएको छ। नेपाली समुदायबीच चाडपर्वको उत्साह र एकता बढाउने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको हो ।

 

कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरू बद्री पङ्गेनी, प्रताप दास र एलिना चौहानको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथमा आयुष्मा बुढाथोकी, स्थानिय प्रस्तुती र कार्यक्रम पश्चात डीजे एलएस (DJ LS) ले नचाउने छ ।

कार्यक्रमको बिवरण :-

मिति: अक्टोबर २२, २०२५

समय: साँझ ६:०० बजे देखि बिहान २:०० बजेसम्म

स्थान: Tibetan Community Center Hall, 57-12 Tibet Way, 32nd Ave, Woodside, NY 11377

प्रवेश शुल्क (Entry Fee): $५०

आयोजक संस्थाले कार्यक्रमको सफलताका लागि सम्पूर्ण नेपाली व्यवसायी, पेशाकर्मी तथा समुदायका सदस्यहरूको सक्रिय सहभागिताको लागि आह्वान गरेको छ।

थप जानकारीका लागि सम्पर्क व्यक्तिहरू: बसन्त अधिकारी, शिशिर रावत, तारा ओली, र बिमला दर्लामी। (सम्पर्क नम्बरहरू पोस्टरमा उल्लेखित)

 

Loading...