
न्युयोर्कमा “Music 3 Mandu 2025”, दुर्गेश थापा र मेलिना राईले न्युयोर्क तताउने
मकै हाउस मिडिया,
न्यूयोर्क । न्युयोर्क स्थित नेपाली संगीतप्रेमीका लागि आगामी अक्टोबरमा एक भव्य सांगीतिक साँझको तयारी भएको छ। RAING Entertainment र KTM Entertainment को संयुक्त आयोजनामा “Music 3Mandu 2025” विशेष कार्यक्रम अक्टोबर 24, शुक्रबार, सॅाझ ९ः३० बाट बिहानको ४ः०० बजे सम्म न्युयोर्कको क्विन्स स्थित Melrose Ballroom, Long Island City, New York मा हुने भएको छ।
कार्यक्रममा लोकप्रिय नेपाली मनोरंजन जगतका बादशाह दुर्गेश थापा र बहुचर्चित गायिका मेलिना राईले न्युयोर्कको चिसो चिसो मौसमलाई आफ्नो सांगितिक प्रस्तुतीले तताउने छ । र साथै बरिष्ठ लोक तथा दोहोरी गायक बिमल डॅागी र लोक तथा दोहोरी गायिका संगिता थापा मगरको लोक शैलीको सांगितिक माहौलले अर्कौ रौनक र उत्साह थप्नेछन् ।

साँझको प्रारम्भिक प्रस्तुति (Opening Act) का रूपमा Pasa Band ले आफ्नो प्रस्तुति दिनेछ भने, कार्यक्रमपछि DJ Tenzing र DJ LS ले After Party मा झनै माहौललाई मस्त बनाउनेछ ।
कार्यक्रमको सञ्चालन (Event Hosting) बिक्की पुलामी र दाज शेर्पा ले गर्नेछन्।
कार्यक्रममा विशेष अतिथि कलाकारका रूपमा गोबिन्द राई र उहॅाले न्युयोर्कमा संचालन गर्दै आईरहनु भएको गोबिन्द डान्स सेन्टरका बिधार्थीहरुको पनी प्रस्तुती रहनेछ। आयोजकका अनुसार, यो कार्यक्रमले नेपाली सांगीतिक समुदायलाई एक स्थानमा ल्याएर सांस्कृतिक एकता र मनोरञ्जन दुबै प्रदान गर्ने उद्देश्य राखिएको छ।
टिकट दर VIP (Meet & Greet) का लागि $100, Regular Ticket $70, र Advance Ticket $60 तोकिएको छ। कार्यक्रममा २१ वर्ष उमेर माथिका दर्शकहरू मात्र सहभागी हुन सक्नेछन्।
आयोजक समितिले यो कार्यक्रमलाई सफल बनाउन न्यूयोर्क र आसपासका सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई उपस्थित रहन आग्रह गरेको छ।

