Banner

‘मोहर’ चलचित्र न्युयोर्कमा प्रदर्शन हुने, मुनाफा मानवसेवा कार्यमा खर्चने

 

मकै हाउस मिडिया, केशव राम राई

न्युयोर्क । प्रवासमा पनि नेपाली कला ,सस्कृति र भाषालाइ प्रवर्धन र बिकास गर्ने मुख्य उदेश्य लिइ न्युयोर्कवासीलाइ ढिलै भएपनि दशै र तिहारको कोसेली स्वरुप फिल्म मेकर्सको ब्यानरमा निर्मित सामाजिक कुप्रथामा आधारित नेपाली कथानक चलचित्र ”मोहर ”चादनी कृयशनको प्रस्तुतिमा आगामी मिति अक्टोवर २५ मा न्युयोर्कको वुडसाइड्स्थित गुल्शन टेरेसमा भव्य प्रदर्शन हुन गैरहेको जानकारी हिजो प्रेस कन्फेरेन्स मार्फत सार्वजनिक गर्नु भएको छ।

पल शाहसहित चर्चित कलाकारहरुको जिवन्त अनि बेजोड अभिनय रहेको र यस फिल्म सन्देशमुलक मात्र नभएर एउटा फिल्म भित्र आबश्यक रसहरु हास्यरस,शृङ्गार रस, करुणरस र द्वन्दको समिश्रण रहेकाले दर्शकहरुले अत्यधिक मन पराउने बिश्वास यस इभेन्ट्का एक स्टेक होल्डर्स यम मोक्तानज्युले ब्यक्त गर्नु भयो। साथै मोहरले नेपालमा ५१ औ दिन मनाइसकेको अ्मेरिकामा पनि टेक्सासको अस्टिनमा हाउसफुल भएको र न्यु ह्याम्पसायरमा प्रदर्शन भैसकेको अनि अ्मेरिकाको बिभिन्न शहर र क्यानडामा समेत प्रदर्शनको तिब्र तयारी भैरहेको छ।

बाकी छुटेको र समन्वय हुन नसककेको शहरहरु पनि प्रदर्शन गर्न चाहनुहुन्छ भने मोहर टिम सङ्ग समन्वय गर्नु हुन अनुरोध गर्दछु।न्युयोर्कस्थित सन्चालित ब्यबसायीलाइ यस चलचित्रको प्रायोजन गरी बिज्ञापन मार्फत आफ्नो ब्यबसायको प्रचार एवम प्रबर्धन गरी आफ्नो ब्यपार गुणात्मक रुपमा बृद्धि गर्न हुन सम्पुर्ण ब्यबसायीलाइ इभेन्ट प्रमुख चादनी लामाज्युले आग्रह गर्नुभयो।

 

साथै यस शो बाट प्राप्त लाभांश नेपालमा बिभिन्न असहाय ,अशक्त तथा अपाङ्गता भएको बालबालिकालाइ हस्तान्तरण गर्ने कुरा अर्का स्टेक होल्डर्स टेक गुरुङ ज्युले जानकारी दिनुभयो। तेसैगरी यस फिल्मको प्रचार प्रसार गर्नको निम्ती खसोखासको प्रधानसम्पादक किशोर पन्थी र सम्पादक दिपक परियार,हेल्लो अ्मेरिकाको सम्पादक सम्राट कार्की ,इनेप्लिजको रिपोर्टर केशबराम राइ ज्युलाइ समाचार सम्पेषण गर्नको निम्ति प्रेस मिटमा आउनु भएकोमा अर्का स्टेक होल्डर्स कृष्ण पौडेलज्युले धन्यवाद ब्यक्त गर्नु भयो।

 

Loading...