Banner

न्यूयोर्कमा सिन्धु दीपावली साझँ तथा १५ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

 

मकै हाउस मिडिया, लकेश श्रेष्ठ

     सिन्धु यूएसए वेलफेयर सोसाइटीको आयोजनामा ”education for life”  भन्ने मुल नाराका साथ आयोजना गरेको सिन्धु दीपावली साझँ तथा १५ औं वार्षिकोत्सव उद्घाटन समारोह न्यूयोर्क सिटी सभा सदस्य स्टभन रागाको प्रमुख आतिथ्यमा , सिन्धु समाजका अध्यक्ष पासाङ नोर्बु शेर्पाको सभापतित्व र सिन्धु समाजको जन्मदाता संस्थापक अध्यक्ष बंशलाल मोक्तानको विशेष आतिथ्यमा कार्यक्रम संचालक / संचालिका , होस्ट लकेश श्रेष्ठ र पासाङ डोल्मा शेर्पाको आकर्षक  होस्टिङमा न्यूयोर्कको विभिन्न  लोकप्रीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको उक्त दीपावली साझँ देउसिभैलो कार्यक्रम सहित सभ्य भव्यरुपमा सम्पन्न भएको छ। 

  उक्त दीपावली साझँ तथा देउसि भैलो कार्यक्रममा स्थानिय निकायका विभिन्न प्रतिनिधि तथा नेपाली समुदायका विशिष्ट ब्यक्तित्वहरुको विशेष उपस्थितिमा न्यूयोर्क बासीको उत्साहकजनक सहभागीतामा भव्यरुपमा सम्पन्न भएको देउसिभैलो कार्यक्रममा  “Education for Life ” भन्ने मुल नारालाई सार्थकता बनाउने अभियानमा अपेक्षित राम्रो रकम संकलन भएको छ। दीपावली साझँमा सहभागी सबै नेपाली समुदायले देउसिभैलो कार्यक्रममा साथ सहयोग र हातेमालो गरेका छन। साथै उक्त दीपावली साझँको विशेष समारोहका बिच नेपाली समुदायका एक होनहार कुशल नेतृत्व समाजसेवी ब्यक्तित्व श्याम कार्किले सिन्धु समाजको Education for Life ” भन्ने मुल नारालाई पुर्णता दिन नेपाल स्थित सिन्धुपाल्चोकमा रहेको एक अनाथ असाहय बालकको उज्ज्वल भविष्यका लागि कक्षा १२ सम्मको निशुल्क शिक्षा प्रदान गर्ने घोषणा गर्दै एक बालकको अविभावक बन्नु भएको छ। यस वर्षको सिन्धु दीपावली साझँ यो एउटा मत्वपुर्ण उपलब्धि रहेको छ। उदार मनको धनि श्री श्याम कार्कि ज्यू लाई हार्दिक आभार सहित वहाँलाई हामी यस गरिमामय सिन्धुपरिवारमा हार्दिक स्वागत गर्दछौं। 

    साथै उक्त विशेष समारोहका बिच यहि अक्टोबर १५ तारिख सम्पन्न सिन्धु दीपावाली फूटबल कपका उपविजेता 1st Runner Up र विजेता , Champion of the year को उपाधी खेलाडीहरुको सहभागीतामा टिम क्याप्टेनलाई हस्तान्तरण गरिएको थियो। यसलाई खेलप्रेमि युवाहरुलाई थप उर्जा र हौसला पैदा गरेको छ। साथै उक्त दीपावलि साझँ लाई सभ्य र भव्य रुपमा सम्पन्न गराउन खेलकुद संयोजक लगायत खेलाडीहरुको पनि विशेष भुमिका रहेको छ। 

     उक्त सिन्धु दीपावली साझँ तथा १५ औं वार्षिकोत्सव उद्घाटन समारोह प्रमुख अतिथि न्यूयोर्क सिटी सभा सदस्य स्टभन रागाले पानसमा दिपप्रज्वलन गरेर भव्य उद्घाटन गरेको कार्यक्रम स्थानिय निकायका विभिन्न प्रतिनिधि तथा नेपाली समुदायका विशिष्ट ब्यक्तित्वहरुको विशेष उपस्थितिमा न्यूयोर्क बासीको उत्साहकजनक सहभागीतामा सभ्य भव्यरुपमा सम्पन्न भएको छ। सहभागी सबैमा हार्दिक आभार तथा सम्पुर्ण सहयोगी दाताहरुप्रति सिन्धुपरिवार हार्दिक आभार सहित विशेष धन्यवाद ग्यापन गर्दछौं। 

 

 

Loading...