
मृतक धन ब. ठकुरीको दाह संस्कारको निमित्त गो फण्डमी मार्फत सहयोग पुर्याउन एनआरएनए न्युयोर्क च्याप्टरको आग्रह
“न्युयोर्क शहरमा गएको आठ महिनादेखि दाबी नगरिएको अवस्थामा फेला परेका धनबहादुर (प्रशान्त) ठकुरीको शवबारे न्युयोर्क स्थित नेपाली महावाणिज्य दुतावासको कार्यालयले थप विवरणहरू सार्वजनिक गर्दै मृतक ठकुरीलाई न्युयोर्कको रेल स्टेसनमा बेहोस अवस्थामा देखेका एक यात्रुले इमरजेन्सी नम्बर ९११ मा सम्पर्क गरेपछि अस्पताल लगिएको जनाएको छ । अस्पतालले उनलाई मृत घोषणा गरी फेब्रुअरी ८ मा न्युयोर्कको प्रमुख चिकित्सा परीक्षकको कार्यालयमा पठाएको जानकारी चिकित्सा परीक्षकको कार्यालयबाट प्राप्त भएको महावाणिज्यदूतावासले जनाएको छ । त्यतीबेलासम्म उनको पहिचान अज्ञात नै रहेको र पछि सोसल सेक्युरिटीको कार्यालयले मृतक नेपाली नागरिक भएको सूचना सोसल सेक्युरिटी कार्यालयबाट गत सोमबार नेपाली महावाणिज्यदूतावासले ईमेल प्राप्त गरेका थिए । उक्त इमेलमा नजिकका आफन्तलाई सम्पर्क गर्ने प्रयास गरेको तर असफल भएको भन्दै नजिकका नातेदार पत्ता लगाउन सहयोगको आग्रह गरिएको थियो।”

