Banner

भ्यानकुभरलाई पराजित गर्दै ईन्टरमाएमी एमएलएस कप २०२५को च्याम्पियन बनेको छ ।

 

मकै हाउस मिडिया, न्युयोर्क 

ईन्टर मायामीले भ्यानकुभर वाइटक्याप्सलाई ३–१ ले पराजित गर्दै यो सिजनको एमएलएस कप २०२५ को उपाधि आफ्नो नाममा लेखाएको छ। खेल रोमाञ्चक उतार–चढावसहित सम्पन्न भयो, जहाँ सुरुदेखि अन्तिम मिनेटसम्म दुवै टिमले कडा प्रतिस्पर्धा गरेका थिए । 

– खेलको ८औँ मिनेटमा ईन्टर मायामी १–० अग्रता

भ्यानकुभरका डिफेन्डर एडियर ओक्याम्पोको दबाबयुक्त क्लियर गर्न खोज्दा भएको गल्तीले आफ्नै पोस्टमा गोल (Own Goal) भएपछी  मायामीले खेलको सुरुमै सहज अग्रता बनाएका थिए । 

– ६०औँ मिनेट — भ्यानकुभरको बराबरी (१–१)

दोस्रो हाफमा कडा रूपमा फर्किएको भ्यानकुभरका अली अहमद ले बक्सभित्रको अवसर सदुपयोग गर्दै सानदार गोल गरेपछी, खेल पुनः बराबरीमा फर्किएको थियो । 

– ७१औँ मिनेट — डि पलको गोल, मायामी २–१

लियोनेल मेस्सीले मध्य–क्षेत्रबाट बललाई छातिले रोक्दै उत्कृष्ट पास दिएका थिए । उक्त पासलाई रोड्रिगो डि पल ले एक टचमै फिनिसिङ गर्दै मायामीलाई पुनः अग्रता दिलाएका थिए ।

९०+ मिनेट — टाडेओ अल्लेन्डेको गोल  (३–१) जुन गोल नै निर्णायक बन्यो । 

 

 

Loading...