
ममता राईको “पुर्बै घुमेर” सार्बजनिक (भिडियो सहित)
मकै हाउस मिडिया,
ममता राई अफिसियल (Mamata Rai ENT) युट्युब च्यानलमा “पुर्बै घुमेर” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। मेलिना राई र कृष्ण भक्त राईको मुख्या स्वर र कोरोसमा विनुसा राई र मनमा वि राईको स्वोर रहेको उक्त प्रेमरस् युक्त गितमा कृष्ण भक्त राई कै संगित रहेको छ भने Mixing र Mastering राजन कार्कीले गरेको हो ।यस गित लाई Mamata Rai ENT युट्युब च्यानलमा नोभेम्बर २९ मा सार्वजनिक गरिएको छ।
प्रेमिल शब्दहरु उनेर पुर्वको साल्पा सिलिचुङ् यात्राका क्रममा दुई प्रेमिल जोडीको भेंट भई आकर्सित भएको सुन्दर प्रेम दर्साउने पुर्वेली भाकामा तयार पारिएको यो गीतको शब्द रचना अमेरिका निवासी ममता राई ले गरेकी हुन् । यस्तै गीतकार ममता राई को अन्या दर्जनौ गीतहरु चर्चामा आईसकेका छन्।
यस गित का गायीका मेलिना राई “द भोइस अफ नेपाल ” को कोच पनी हुन उन्ले यो भन्दा ९ वर्ष पहीले पनी ममता राईको “सम्झी सम्झी ” बोलको गितमा स्वार दिएकी थिइन ।तथा यस गितका गायक कृष्ण भक्त राई पुर्वेली गितहरुको एक हस्ती हो उहाले पनी यो भन्दा ५ वर्ष पहिले ने ममता राई को शब्दमा बनेको गित “तारे भिर” गितमा मा संगित तथा आवज दिएको कुरा गीतकार ममता राई ले प्रस्टाउनु भयो ।जुन गितहरु दर्शक स्रोताहरुले ज़्यादै मन पराएका छन्।
बहुप्रतीभा शाली मोडेल तथा प्र्याङ स्टार एलिस राई र ममता खालिङ राईले अभिनय गरेको यो गीतको म्युजिक भिडीयो को निर्देशन तथा Choreography पनी एलिस राई ले नै गरेका थिए तथा Asst/choreography direction सरोज मुक्तान र उत्सना राई ले गरेका छन। र यस गित को लागी आर्थीक स्रोतको प्रायोजन अमेरीका निवासी रोशन राई गीतकार ममता राई ले गरेको हो।
यस गितको रेकर्ड मेलिना राईले Studio King मा गरेको हो भने कृष्ण भक्त राई ले Music Media, Dharan बाट रेकर्ड गराउनु भएको थियो ।सम्पुर्ण गितको काम को लागी पुलकों रुपमा Studio King का ओनर Manoj Sansung Rai ले ठुलो भुमिका निर्बाह गर्नु भएको कुरा उल्लेख गर्दै गीतकार ममता राईले विशेष धन्यावाद दिनु भयो ।
पुरा गित 👇

