
न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ सम्पन्न, करिव $३.६ लाख डलर संकलन
मकै हाउस मिडिया,
न्यूयोर्क — रिजउड नेपाली समाज (RNS) को आयोजनामा जनवरी ३ देखि फेब्रुअरी १, २०२६ सम्म न्यूयोर्कस्थित नेपाली मन्दिर (दुर्गा मन्दिर) तथा नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्र, रिजउडमा सम्पन्न न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ बाट कुल $३५८,९७४.८१ संकलन भएको छ।

एक महिनासम्म सञ्चालन भएको यस धार्मिक–सांस्कृतिक महोत्सवमा करिब ६,००० भन्दा बढी श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। संकलित रकममध्ये पुराना प्रतिबद्धता, मुर्ती पुनर्स्थापना, मन्दिर सञ्चालन तथा ‘डॉलर ए डे’ (मुठी दान) अभियान अन्तर्गतको योगदान समावेश छ।

आयोजकका अनुसार संकलित सम्पूर्ण रकम नेपाली मन्दिर तथा सामुदायिक केन्द्रको पुनर्निर्माण, सञ्चालन र ऋण भुक्तानीका लागि प्रयोग गरिनेछ। हाल मन्दिर तथा केन्द्रको भवन खरिद र पुनर्निर्माणका लागि लिइएको कुल ऋणमध्ये $१.१८ मिलियन अझै भुक्तानी गर्न बाँकी रहेको छ भने मासिक मोर्गेज $१०,५०० रहेको छ।

आयोजक समितिले महोत्सवको सफलतामा योगदान पुर्याउने गुरू, स्वयंसेवक, दाता, प्रायोजक, कलाकार, मिडिया तथा सम्पूर्ण नेपाली समुदायप्रति आभार व्यक्त गर्दै बाँकी दायित्व पूरा गर्न निरन्तर सहयोगको अपिल गरेको छ।


