Banner

वरिष्ठ कलाकार सुनिल थापाको निधन

 

मकै हाउस मिडिया, 

काठमाडौं — नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। अचानक स्वास्थ्यमा समस्या आएपछि उहाँलाई काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको जनाइएको छ।

राते काइँला उपनामले समेत परिचित थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहँदै आउनुभएको थियो। सशक्त अभिनय, फरक पात्रको प्रस्तुति र बहुआयामिक कलाका कारण उहाँ दर्शकमाझ अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो।

उहाँको निधनले नेपाली सिने जगतले एक अनुभवी, समर्पित र प्रभावशाली कलाकार गुमाएको छ।

 

Loading...