
विश्व क्रिकेट जगतको ध्यान तानेको नेपाल
मकै हाउस मिडिया,
काठमाण्डौ – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गतको नेपाल र ईंगल्यान्ड बिचको ऐतिहासिक खेलपछि नेपाली क्रिकेट टिमले विश्व क्रिकेट जगतको प्रशंसा बटुल्न सफल भएको छ। खेलमा जित नआए पनि नेपालले अन्तिम बलसम्म संघर्ष गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि विश्वप्रसिद्ध क्रिकेट खेलाडीहरूले खुलेर प्रशंसा गरेका छन्।
इंग्ल्यान्डका पूर्व कप्तान माइकल भोनले नेपाली खेलाडीहरूको सीप असाधारण रहेको उल्लेख गर्दै खेललाई उत्कृष्ट भनेका छन्। भारतका पूर्व स्टार युवराज सिंहले नेपालले विश्वकै बलियो टिमसँग अन्तिम बलसम्म लडेको भन्दै यो नै च्याम्पियन बन्ने बाटो भएको प्रतिक्रिया दिएका छन्। इरफान पठान, आकाश चोपडा र रविचन्द्रन अश्विनले पनि नेपाल सही दिशामा अघि बढिरहेको र उदाउँदो क्रिकेट राष्ट्रको रूपमा ठूलो सम्भावना रहेको बताएका छन्।
दक्षिण अफ्रिकाका तीव्र बलर डेल स्टेनले त नेपाललाई आवश्यक परे आफ्नो सेवा दिनसमेत तयार रहेको भाव व्यक्त गरेका छन्। विश्व क्रिकेटका यस्ता सम्मानजनक प्रतिक्रिया नेपाल क्रिकेटको उज्यालो भविष्यको संकेत मानिएको छ।


