Banner

उत्कृष्ट टिकटक भिडियो बनाउने कन्टेन्ट क्रियटरलाई निर्वाचन आयोगले ५० हजार पुरस्कार दिने

 

मकै हाउस मिडिया,

काठमाडौं । निर्वाचन आयोग, नेपालले निर्वाचन प्रचार–प्रसार तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले उत्कृष्ट टिकटक भिडिओ निर्माण गर्ने कन्टेन्ट क्रियटरलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८१ लाई लक्षित गर्दै एक मिनेटभन्दा कम अवधिको सन्देशमूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा सहभागी भिडिओहरू निर्वाचनसम्बन्धी जानकारी, निर्वाचन आचारसंहिता, मतदाताको भूमिका तथा मतदानको महत्वजस्ता विषयमा आधारित हुनुपर्ने आयोगले जनाएको छ। प्राप्त भिडिओहरूमध्ये उत्कृष्ट ठहरिएका कन्टेन्ट क्रियटरलाई प्रथम पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्रदान गरिनेछ।

आयोगका अनुसार दोस्रो र तेस्रो स्थान हासिल गर्ने सहभागीलाई क्रमशः ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुकले आयोगले तोकेको म्यादभित्र आफ्नो टिकटक भिडिओ आयोगको आधिकारिक इमेल ठेगानामा पठाउनुपर्नेछ।

 

 

Loading...