Banner

भ्यालेन्टाईन सॅाझ “हास्छ अमेरिका”टोलीले न्युयोर्कमा हसाउने

 

मकै हाउस मिडिया, न्युयोर्क 

न्युयोर्क । न्यूयोर्कमा भोली फेब्रुअरी १४, २०२६ भ्यालेन्टाईन सॅाझमा बहुप्रतीक्षित हास्य कार्यक्रम ‘हास्छ अमेरिका भोल–१’ (Haaschha America Vol 1) हुने भएको छ। कार्यक्रम साँझ ७:०० बजेदेखि सुरु हुनेछ । 

न्यूयोर्कको वुडसाइडस्थित The Palace (63-01 Roosevelt Ave, Woodside, NY 11377) मा उक्त कार्यक्रम हुने भएको हो । 

अहिलेका हास्य पुस्ताका हस्तिद्वय कलाकारहरू कैलाश कार्की, सुमन कार्की, सुमन कोईराला, मेक्सम गौडेल र भरत मणि पौडेलको विशेष हास्य प्रस्तुतीले भोलीको भ्यालेन्टाईन सॅाझ निकै मनोरंजनात्मक बनाउने छ । 

 

आयोजकका अनुसार  VIP टिकट ७९ डलर र नियमित टिकट ४९ डलर तोकिएको छ। VIP टिकट लिनेहरुका लागि ‘Meet & Greet’, अगाडि पंक्तिको सिट तथा निःशुल्क पेय पदार्थको व्यवस्था गरिएको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि पेमा लामा (646-258-1672) र लाक्पा तामांग (415-530-1172) लाई सम्पर्क गर्न सकिन्छ । 

 

 

 

Loading...