
आज न्युयोर्कमा गजल सम्राट जगदिश समालको सम्मानमा कलाकार संघको बिशेष कार्यक्रम
मकै हाउस मिडिया,
न्युयोर्क । नेपाली आधुनिक गजल संगीतका सम्राट तथा लोकप्रिय गायक जगदिश समालको सम्मानमा कलाकार संघको आयोजनामा न्युयोर्कमा विशेष सांगीतिक कार्यक्रम आज हुने भएको छ।
अमेरिकालाई कर्मथलो बनाई बसोवास गर्दै आएका कलाकारहरुको छाता संगठन नेपाली अमेरिकन कलाकार संघ (NAAA) को आयोजनामा “An Evening of Honor with Jagdish Samal” शीर्षकमा कार्यक्रम आज फेब्रुअरी २०, शुक्रबार हुने भएको हो ।

न्युयोर्कको क्विन्स स्थित The Palace मा साँझ ७:०० बजेदेखि राति १:०० बजेसम्म कार्यक्रम चल्नेछ।
३ दशक लामो सांगितिक यात्रा तय गरेका बरिष्ठ गायक तथा गजल सम्राट समालका ‘तपोवन’, ‘म त मर्छु क्यारे’, ‘अलि- अली भन्दा भन्दै धेरै पिउने’, ‘आओ यादहरु’, ‘उनको प्रिती पहिलो होकी’ ‘तिमी म संग भईदिए’, ‘आधा उमेर निन्द्रा मै बित्यो’ ‘छालहरु’ लगाएत सयौ हिट गितहरु गाईसकेका छन् ।

