Banner

“नेपाल डे परेड २०२६”का लागि प्रारम्भिक कार्यसमिति चयन, कस्ले के जिम्मेवारी लिँदैछन्?

 

 

मकै हाउस मिडिया,

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा २०१६ साल देखि निरन्तररुपमा हुदै आईरहेको नेपाल डे परेड २०२६को आठौ संस्करणको  (दशौ बर्षको उत्सव) प्रारम्भिक कार्यसमिती चयन भएको छ ।

अमेरिकामा बसोबास गर्ने नेपाली अमेरिकी समुदायको गौरवमय सांस्कृतिक उत्सव नेपाल डे परेड २०२६ का लागि प्रारम्भिक कार्यसमिति गठन गरिएको हो ।  नेपाली कला, संस्कृति, भेषभूषा, झाँकी, सांगीतिक प्रस्तुति तथा सामुदायिक एकताको सन्देश विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले आयोजना हुदै आईरहेको यस् बर्षको  परेड मे १७, २०२६ का दिन सदा बर्ष झै हुदै आईरहेको स्थान म्यानह्याट्टनमा तय भएको हो । न्युयोर्कबाट २०१६ मा नेपाल डे परेड सुरुवात भएपछी अमेरिकाको बिभिन्न राज्य पनी हुदै आईरहेको छ ।

मुल आयोजकको रुपमा गैर आवासिय नेपाली संघ, रा.स.प., न्युयोर्क च्याप्टर हुने भएकोले स्वत: च्याप्टरको अध्यक्ष परेड डेको अध्यक्ष हुने भएकोले परेड कार्यसमितिको अध्यक्षमा बासु लामिछाने स्वत चयन हुनुभएको छ भने,  कन्भेनरको जिम्मेवारी शेर्पा संघ अमेरिकाको अध्यक्ष ए.पि लामा शेर्पा सम्हाल्नुहुनेछ । 

प्रदेश संयोजकहरू:

  1. कोशी – सुबास केसी
  2. मधेस – कुंदल प्रसाद साह
  3. बाग्मति – गोपी ढुङ्गाना
  4. गण्डकी – जीबनाथ कंडेल
  5. लुम्बिनी – पर्सुराम पन्थी
  6. कर्णाली – बिमल डागी
  7. सुदूर पश्चिम – नबीन ओझा

विभिन्न उपसमिति तथा संयोजकहरू:

मूल आयोजक समिति संयोजक – अमित पाण्डे

आर्थिक संयोजक – कृष्ण लामीछाने

कार्यक्रम व्यवस्थापन संयोजक – रश्मी श्रेष्ठ

मिडिया संयोजक – बेगम पंडित

प्रचार–प्रसार संयोजक – देवकी पन्त

मञ्च व्यवस्थापन – सफोल्क काउन्टी नेपाली समाज

ट्रक व्यवस्थापन – लंग आइल्याण्ड नेपाली समाज

अतिथि सत्कार संयोजक – शान्ती जिरेल / रोशनी सिंह खड्का

समुदाय सम्पर्क संयोजक – ओम विश्वकर्मा

र्याली व्यवस्थापन संयोजक – बलभद्र कठायत

सांस्कृतिक संयोजक – बसन्ती राई

स्वयंसेवक संयोजक – हाम्रो पोखरा यूएसए / सिन्धु यूएसए वेलफेयर सोसाइटी

झाँकी व्यवस्थापन संयोजक – राईमन महारा

विदेशी पहिरन संयोजक – सोमनाथ घिमिरे

जमैका–रिजवुड क्षेत्र संयोजक – पुस्कर खनाल

को-कन्भेनरहरु :-

ध्रुव कुँवर, मिलन शाही, कृष्ण आचार्य, राजन गाउली, राजु तामाङ, चमेली खाती परियार, राइभान महारा, शंकर पौडेल, प्रदीप खड्का, सुर्य पौडेल तथा तुलसी आचार्य।

नेपाल डे परेड सम्बन्धी अपडेटको लागी मकै हाउस हेर्दै गर्नुहोला । 

 

 

Loading...