
अटिज्म बच्चाको सहयोगार्थका निमित्त आज कनेक्टिकटमा गाला सॅाझ कार्यक्रम
मकै हाउस मिडिया,
कनेक्टिकट । युनिटी फर अटिज्मले संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यमा नेपालमा रहेका अटिज्म बच्चाहरुको सहयोगार्थका निमित्त “गाला डिनर” गर्ने भएको हो ।
आज अप्रिल १८, २०२६ सॅाझ ५ः०० बजे कनेक्टिकटको १०७० मेन स्ट्रिट, ब्रान्फोर्डको कामनामा “जनचेतना फैलाऊ र अटिज्मलाई सहयोग पुर्याउ” नारा सहित युनिटि फर अटिज्म नामक संस्थाले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा निलो पहिरन ड्रेस कोड राखिएको छ, भने प्रवेशको निमित्त सहयोग स्वरुप $१०० राखिएको छ ।
कार्यक्रममा अटिज्म सम्बन्धी जनचेतनामुलक प्रस्तुती र बिशेष सांस्कृतिक कार्यक्रम रहने छ । र थप जानकारीको लागी तल राखिएको फ्लायर मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।


