Banner

गायक प्रेम र गायिका जीतुको स्वरमा “दाइको ससुराली” म्युजिक भिडियो सार्वजनिक 

काठमाडौं । गायक प्रेम लामा र गायिका जीतु लोप्चनको   ‘ट्याटु बटरफ्लाई’ को सर्वाधिक चर्चापछि अर्को गीत सार्वजनिक  भएको छ ।

शुक्रबार जिग्री इन्टरटेन्मेन्टको अफिसियल युट्युबबाट गायक लामा र लोप्चनको स्वरमा नयाँ गीत  “दाइको ससुराली” सार्वजनिक भएका हुन् । ‘ट्याटु बटरफ्लाई’ दर्शक स्रोताले अत्यधिक रुचाएका छन् । छोटो समयमै उक्त म्युजिक भिडियो २८ लाखभन्दा बढि दर्शकले हेरिसकेका छन्  भने  १ लाख ६० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले  टिकटकमा अभिनय गरेका छन् ।

गायक प्रेम लामा र गायिका जितु लोप्चनको स्वरमा केमिस्ट्री मिलेको चर्चासंगै “दाइको ससुराली” पनि त्यही लयमा सार्वजनिक भएको छ ।

रमिला तामाङ गोले निर्मता रहेको “दाईको ससुराली” गीत पारीजात नेपाल स्टिडियोमा रेकर्ड भएका हुन् । गीतमा  शब्द संगीत राजु लामा थिङको रहेको छ भने संगीत संयोजन करसाङ लामा गरेका छन् ।

पछिल्लो समयको माग अनुसार दर्शक स्रोताको मन मुट्टुमा पस्न सफल गीत गाउँदै आएकी जीतु लोप्चन र प्रेम लामाले ठट्यौली पाराको गीत ‘ट्याटु बटरफ्लाई’ मा स्वार दिइएका हुन् । गायक प्रेम लामा र गायिका जीतु लोप्चनले यस अघि पनि तामाङ सेलो गीत ‘ग्रम्बरी पोगोल सुङ्फिरे मे’ युगल रुपमा गाएका थिए ।

l

त्यस्तै दाइको ससुराली गीतको भिडियो समेत सार्वजनिक भएको छ ।उक्त म्यूजिक भिडियोमा कलाकारहरू याङ्गी दोङ, अन्कित लामा, एन्जिला लामा र सन्जिव  थोकरले अभिनय गरेका छन् ।

सरु गोले निर्मता रहेकी म्युजिक भिडियोमा कोरियोग्राफर सन्जिव थोकरको निर्देशन तथा दुर्गा श्रेष्ठको छायाँकन रहेको छ । उक्त म्यूजिक भिडियोको सम्पादन अनिल बिष्ठ प्यूठानीले गरेका हुन् । जल राप्ती डिजिटल म्युजिक प्रा.लि. को पोस्ट प्रोडक्सनमा रहेको त्यस म्युजिक भिडियोका  कलाकारहरुको श्रृंगार सपना दाहालले गरेकी हुन् ।

https://youtu.be/FVG1sfqdKZM?si=uQVqeNo2tOBFftqV

Loading...