Banner

‘मिस सुप्रिम युएसए २०२६’ को फाईनलमा स्नेहा रुपाखेती छनौट

 

मकै हाउस मिडिया,

न्युयोर्क । अमेरिकाको प्रतिष्ठित सुन्दरी प्रतियोगिता ‘मिस सुप्रिम युएसए २०२६’ को फाईनल चरणमा स्नेहा रुपाखेती छनौट भएकी छन् ।

रुपाखेतीले ‘मिस सुप्रिम अष्टिन’ को उपाधि जित्दै यस राष्ट्रिय स्तरको प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्दै प्रतियोगितामा सहभागी हुने र फाइनलसम्म पुग्ने एकमात्र नेपाली मूलकी प्रतिस्पर्धी हुन् । जो टेक्सस राज्यको अस्टिन सानमार्कोस सहर स्थित टेक्सस स्टेट युनिभर्सिटीमा स्नातक तह चौथो सेमेस्टरमा अध्ययनरत छिन् ।

रुपाखेतीले आगामी मे १४ देखि १६ सम्म ह्यूस्टन शहरमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा भाग लिनेछिन्, जहाँ मे १६ तारिख साँझ ६ बजेदेखि ८ बजेसम्म बीटीसी क्रिएटिभ स्पेसमा प्रतियोगिताको भव्य समापन हुने कार्यक्रम छ । यसअघि पनि उनले ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ मा समेत आफ्नो दरिलो उपस्थिति जनाइसकेकी छिन् ।

प्रतियोगिताको मञ्चलाई केवल व्यक्तिगत ताज जित्ने माध्यमका रूपमा मात्र नलिई स्नेहाले नेपालका सीमान्तकृत समुदायको आवाज विश्वस्तरमा पुर्‍याउने प्रण गरेकी छिन् । विशेष गरी धादिङ र चितवनका विकट क्षेत्रमा रहेका सीमान्तकृत चेपाङ समुदायका बालबालिका, श्रमिक बालबालिका र शिक्षाबाट वञ्चित रहेका समूहको हकहितका लागि उनले आफ्नो धारणा प्रस्तुत गरिरहेकी छिन् । उनले बाल्यकालमा देखेका र भोगेका ती बालबालिकाहरूको अवस्था सुधार गर्न, जसले चाहेर पनि सपना देख्न पाइरहेका छैनन्, उनिहरुको आवाज र अधिकारको लागि सधैं क्रियाशील रहने बताएकी छिन् ।

धादिङको सामुदायिक विद्यालय जनजागृति माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा (SEE) उत्तीर्ण गरेकी स्नेहाले आफ्नो बाल्यकालमा नजिकैबाट देखेका विपन्न बालबालिकाहरूको अवस्था सुधार गर्न र उनीहरूलाई ठूला सपना देख्न प्रेरित गर्ने अठोट लिएकी छिन् । ताजसँगै आउने जिम्मेवारीलाई प्राथमिकता दिने बताउँदै उनले विश्वको जल्दोबल्दो चुनौतीको रूपमा रहेको जलवायु परिवर्तन र यसले नेपाल जस्ता विकासशील राष्ट्रहरूमा पारेको गम्भीर असरलाई पनि आफ्नो मुख्य एजेण्डाको रूपमा उठाउने जमर्को गर्नेछिन् ।

सर्वाधिक पव्लिक च्वाइस अवार्डको लागि भोटगर्न चाहनेहरुको लागि लिङक तल राखिएको छ ।

https://www.google.com/search?q=https://catchthecrown.com/vote/contestant/node/3606

 

 

Loading...