
फिफा विश्वकप २०२६ को पहिलो खेलमै ३ रातो कार्ड
मकै हाउस सामुदायिक मिडिया,
फिफा विश्व कप २०२६ को उद्घाटन खेलमै साउथ अफ्रिकाले २ रातो कार्ड र मेक्सिकोले १ रातो कार्ड प्राप्त गरेको छ ।
फिफा विश्व कप २०२६ को मेक्सिको सिटीमा भएको पहिलो खेल घरेलु टिम मेक्सिको र साउथ अफ्रिकाले बिच भएको हो । खेलको ५० औ मिनेटमा डि-बक्स भन्दा बाहिर मेक्सिकोको खेलाडीलाई लडाएपछी साउथ अफ्रिकाका खेलाडी वाई. सिथोलले पहिलो रातो कार्ड खादै मैदान बाहिरिएका थिए । भने खेलको खेलको ८४ औ मिनेटमा पुनः डि-वक्स भन्दा बाहिर मेक्सिकोको खेलाडीलाई फउल गरेपछी दोस्रो रातो कार्ड खादै साउथ अफ्रिकाका खेलाडी ज्वानेले मैदान छाड्दा जारी खेलमा साउथ अफ्रिका ९ खेलाडीमा सिमित भएका थिए ।

उता अर्को तिर घरेलु टोली मेक्सिकोले साउथ अफ्रिकाका खेलाडीलाई डि- बक्स भन्दा बाहिर लडाएपछी मेक्सिकोको खेलाडी मोन्टेसले ९०+२ मिनेटमा रातो कार्ड खादै बाहिरिएका थिए । भने ३ वटै रातो कार्ड पाउनुको प्रकृती उस्तै देखिन्थ्यो ।
सम्पन्न पहिलो खेलमा मेक्सिको २-० को नतिजा निकाल्दै ३ अंक जोडेका छन् ।

