
फिफा विश्वकप २०२६ को पहिलो खेलमा मेक्सिको द्वारा साउथ अफ्रिका पराजित
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । आज बाट सुरु भएको फिफा विश्वकप २०२६ को पहिलो खैलमा घरेलु टोली मेक्सिको द्वारा साउथ अफ्रिका २-० गोल अन्तरले पराजित भएको छ ।

मेक्सिको सिटिको स्टेडियममा भएको उद्घाटन खेलमा मेक्सिकोले साउथ अफ्रिकालाई २-० को गोल अन्तरले पराजित गरेको हो । खेलको ९ औ मिनेटमा मेक्सिकोको लागी कुनोसले उत्कृष्ट गोल गर्दै चालुखेलमा टोलीलाई १-० को अग्रता दिलाएका थिए । दोस्रो गोल खेलको ६७ औ मिनटेमा जिमेन्जले हेडर मार्फत गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाउदै पहिलो जित दर्ती गर्दै ३ अंक जोडेको हो ।

भने चालु खेलमा साउथ अफ्रिकाले २ र मेक्सिकोले १ गरी ३ रातो कार्ड प्राप्त गरेको छ ।

