
फिफा विश्व कप २०२६को दोस्रो खेलमा दक्षिण कोरिया द्वारा चेक रिपव्लिक पराजित
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । फिफा विश्व कप २०२६ को दोस्रो खेलमा दक्षिण कोरिया द्वारा चेक रिपव्लिक पराजित ।
मेक्सिको स्थित गुडालाजारा स्टेडियममा सन्पन्न फिफा विश्वकप २०२६ को दोस्रो खेलमा दक्षिण कोरिया द्वारा चेक रिपव्लिक २-१ गोल अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाल्फ ०-० को बरावरीमा समाप्त भएको खेलमा दोस्रो हाल्फको ५९ औ मिनेटमा चेक रिपव्लिकको तर्फबाट जेचियाले पहिलो गोल गर्दै खेलमा अग्रता लिएको थियो ।

खेलको ६७ औ मिनेटमा कोरियाको तर्फबाट ह्वांगलो उत्कृष्ट गोल गर्दै चालु खेलमा टोलीलाई बरावरीमा ल्याउदै जित्ने आशा जगाएका थिए । भने खेलको ८० औ मिनेटमा ओहले उत्कृष्ट गोल गर्दै निर्णायक गोल गरेका थिए । भने टोलिलाई जित दर्ता गर्दै ३ अंक जोडेको हो ।

