
यूएसएको ४ गोल उपहार पाराग्वेलाई, फिफा विश्वकप २०२६
मकै हाउस सामुदायिक मिडिया,
न्यूयोर्क । फिफा विश्वकप २०२६ को आज सम्पन्न समुह चरणको पहिलो खेलमा यूएसएले पाराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
लस एंजल्सको स्टेडियम भएको अमेरिकाको समुह चरणको पहिलो खेलमा पाराग्वेलाई १-४ गोल अन्तरले हराएको हो । खेलको ७ औ मिनेटमा आत्मघाती गोल भएपछी अमेरिकाले चालु खेलमा १-० को अग्रता बनाएको थियो ।


खेलको ३१ औ र ४५+५ औ मिनेटमा लगातार बालोगनले २ गोल गर्दा खेलको पहिलो हाल्फमै अमेरिकाले ३-० को अग्रता बनाएको थियो । त्यसपछी खेलको ७३ औ मिनेटमा मुरिसियोले गोल गर्दै पाराग्वेलाई १-३ को गोल अन्तरमा घटाएको थियो , र खेलमा निरन्तर दवाब दिने प्रयत्न गर्दै बराबरीमा ल्याउन पाराग्वेले कडा मेहेनत गरेतापनी खेलको ९०+८ औ मिनेटमा रेयनाले गोल गर्दै अमेरिकालाई ४-१ को अग्रता सहित बिजयी बनाएको हो ।

