
“विश्व रक्तदान दिवस”को अवसरमा न्युयोर्कमा रक्तदान कार्यक्रम हुँदै
मकै हाउस सामुदायिक मिडिया,
न्यूयोर्क । ‘विश्व रक्तदाता दिवस’ को अवसरमा किरॅात राई सोसाईटी अफ अमेरिकाको मुख्य आयोजना र ब्लड डोनर्स अफ अमेरिका, न्युयोर्कको सह-आयोजन र समर्थन न्युयोर्क ब्लड सेन्टरको सहकार्यमा रक्तदान कार्यक्रम हुने भएको छ।
भोली आइतबार, जुन १४,२०२६ का दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म Queens Center Mall (Target नजिक, 1st Floor Center Mall) रक्तदान कार्यक्रम हुनेछ।

किरात राई एशोसियसनका अध्यक्ष तथा फिप्नाका बरिष्ठ उपाध्यक्ष शम्भु राईले रक्तदान जस्तो मानवसेवामूलक अभियानमा सबैको सहभागिता आवश्यक रहेको बताउँदै आफ्नो अनुकूल समयमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन्, भने युक्राले आफ्नो बार्षिक रक्तदान कार्यक्रम संस्थाको २२ औ बार्षिकोत्सवको अवसर पारेर पनि आज विश्व रक्तदान दिवसको गरिएको जानकारी गराएका छन् ।

त्यस्तैगरी ब्लड डोनर्स अफ अमेरिका, न्युयोर्कका अध्यक्ष कृष्ण आचार्यले रक्तदान भन्दा ठुलो दान र मानवसेवा संसारमा नरहेको बताउदै न्युयोर्क रहेकालाई रक्तदानका लागी आग्रह गरेका छन् । भने ब्लड डोनर्स एशोसियसन, न्युयोर्कले बिश्व रक्तदाता तथा संस्थाका संस्थापक स्व. अर्जुन मैनालीको सम्झनामा समर्पित स्वरुप पनी यो रक्तदान कार्यक्रम गरिएको बताएका छन् ।

