
मिस नेपाल नर्थ अमेरिका २०२६ का शीर्ष २० फाइनलिस्ट घोषणा
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । ड्रिम्स युनिभर्सल एलएलसीले मिस नेपाल नर्थ अमेरिका २०२६ का शीर्ष २० फाइनलिस्ट घोषणा गरेको छ। नेपाली महिला, संस्कृति, नेतृत्व र उपलब्धिलाई सम्मान गर्ने यो प्रतिष्ठित प्रतियोगिता यस वर्ष पहिलो पटक वाशिङ्टन डी.सी.मा आयोजना हुँदैछ।
विभिन्न पेशा तथा पृष्ठभूमिबाट आएका फाइनलिस्टहरूमा अमेरिकी सेना, स्वास्थ्यकर्मी, पाइलट, इन्जिनियर, आईटी विशेषज्ञ, उद्यमी, विद्यार्थी र सामुदायिक अभियन्ताहरू समावेश छन्।

ग्राण्ड फिनाले जुलाई २६, २०२६ मा वाशिङ्टन डी.सी. मा हुनेछ, जहाँ प्रतियोगीहरूले अन्तर्वार्ता, सांस्कृतिक प्रस्तुति, प्रतिभा प्रदर्शन तथा नेतृत्वसम्बन्धी गतिविधिमार्फत प्रतिस्पर्धा गर्नेछन्।
ड्रिम्स युनिभर्सल एलएलसीका संस्थापक शैलेस श्रेष्ठका अनुसार विजेताले मिस नेपाल नर्थ अमेरिका २०२६ को उपाधिसहित छात्रवृत्ति तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा नेपाली समुदायको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

शीर्ष २० फाइनलिस्टहरू:
आयशा थापा — केन्टकी, अनामिका खड्गी — साउथ क्यारोलाइना, अनामिका श्रेष्ठ — मिशिगन, बेबिका कोइराला — मेरिल्याण्ड, दीपिका शर्मा — मेरिल्याण्ड, जिया थापामगर — टेक्सास, इशा सिंह — ओहायो, ज्योत्स्ना क्षेत्री — टेक्सास, मोबिशा लामा — न्यूयोर्क, प्राप्ति श्रेष्ठ — नेभाडा, प्रियाशा देवकोटा — टेक्सास, रेश्मा निरौला — टेक्सास, रिया मल्ल — भर्जिनिया, रिम्शा थापा — भर्जिनिया
रोज्जा खरेल — न्यूयोर्क, रुजु गिरी — भर्जिनिया
शाभ्या बिष्ट — टेनेसी, स्वोस्स काराखेती — वाशिङ्टन डी.सी., तेरिशा बान — भर्जिनिया, उपासना अधिकारी — भर्जिनिया ।

