
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल–अमेरिका शाखाको प्रथम अधिवेशन सम्पन्न
मकै हाउस सामुदायिक मिडिया,
बाल्टिमोर (अमेरिका), — संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा आइतबार सम्पन्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल–अमेरिका शाखाको प्रथम अधिवेशनबाट उदय भट्टराई अध्यक्ष पदमा निर्वाचित भएका छन्।
अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको नवगठित कार्यसमितिले नेपाली लोक तथा दोहोरी गीत, कला, संस्कृति तथा कलाकारहरूको हकहितको संरक्षण, प्रवर्द्धन र संस्थाको गरिमालाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, अमेरिका बसोबास गर्ने नेपाली समुदायबीच लोक तथा दोहोरी संगीतको संरक्षण र पुस्तान्तरणमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

नव-निर्वाचित पदाधिकारीहरू यसप्रकार छन्:
अध्यक्ष: उदय भट्टराई, प्रथम उपाध्यक्ष: निशा सुनार
द्वितीय उपाध्यक्ष: सुदीप अधिकारी, महिला उपाध्यक्ष: सङ्गीता थापा मगर, सचिव: सज्जन बोहोरा, कोषाध्यक्ष: प्रवेश पौडेल, सहसचिव: मधुर गिरी, सहकोषाध्यक्ष: छविराज सुनार

सदस्यहरू:
रमेश परियार, श्रीराम पौडेल, भृकुटी पंगेनी, सरिता डाँगी, अमित सुनार, सुजन केसी, राजीव शर्मा, विजय चन्द दर्पण, दिनेश जिसी, नवराज तिमिल्सिना, गंगा सिखडा, अर्जुन क्षेत्री, राजकुमार ढुंगेल, दीपक बोहोरा, प्रकाश अधिकारी तथा माधवी भण्डारी।
नवनिर्वाचित कार्यसमितिलाई विभिन्न सामाजिक, सांस्कृतिक तथा नेपाली समुदायका प्रतिनिधिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नयाँ नेतृत्वले अमेरिकामा नेपाली लोक तथा दोहोरी संगीतको संरक्षण, प्रवर्द्धन, कलाकारहरूको सम्मान तथा नयाँ पुस्तामाझ नेपाली कला र संस्कृतिको प्रवाहलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

