Banner

भोली न्यूयोर्कमा किरण चेम्जोङसँग मिट एण्ड ग्रिट कार्यक्रम हुदै

 

मकै हाउस सामुदायिक मिडिया, अक्कल तामाङ

न्यूयोर्क, अहिले विश्वभर फुटबलको चर्चा चुलिएको छ। विश्वकप छनोटका रोमाञ्चक खेलहरूले करोडौं समर्थकलाई उत्साहित बनाइरहेका बेला न्यूयोर्कमा रहेका नेपाली फुटबलप्रेमीका लागि पनि एउटा विशेष अवसर आएको छ।

 

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा चर्चित गोलकिपर किरण चेम्जोङ (किरण कुमार लिम्बु) सँग प्रत्यक्ष भेटघाट गर्ने दुर्लभ अवसर भोली (बिहीबार), जुलाई २, साँझ ७:०० देखि ९:०० बजे सम्म वुडसाइडस्थित Kasthamandap Restaurant & Bar मा आयोजना गरिएको छ। यो कार्यक्रम ९औँ नेपाली अमेरिकन कन्भेन्सनको अवसरमा आयोजना गरिएको हो।

को हुन् किरण चेम्जोङ?

नेपालको फुटबल इतिहासमा सबैभन्दा सफल र सम्मानित खेलाडीमध्ये एक हुन् किरण चेम्जोङ।उनी दुई दशकभन्दा लामो समयदेखि नेपालको पोस्ट सम्हालिरहेका छन्। १०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका उनी नेपालका सबैभन्दा अनुभवी खेलाडीमध्ये पर्छन्। उनले भारत, माल्दिभ्स, बंगलादेश लगायत विभिन्न देशका व्यावसायिक क्लबबाट खेलेका छन् र उत्कृष्ट गोलकिपरका रूपमा अन्तर्राष्ट्रिय सम्मानसमेत जितेका छन्। उनको नेतृत्व, अनुशासन र समर्पणले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।


विश्व फुटबल अहिले नयाँ इतिहास लेख्ने दौडमा छ। हामी विश्वकपमा नेपालको प्रतिनिधित्व देख्न चाहन्छौं भने आजका नेपाली खेलाडीलाई सम्मान र हौसला दिनु पनि हाम्रो जिम्मेवारी हो। किरण चेम्जोङजस्ता खेलाडीहरू लाखौं नेपाली युवाका प्रेरणाका स्रोत हुन्। उनीहरूको संघर्ष र सफलताले नयाँ पुस्तालाई ठूलो सपना देख्न सिकाउँछ।

 

आयोजकहरूले सम्पूर्ण नेपाली समुदायलाई समयमै उपस्थित भई कार्यक्रमलाई भव्य बनाउन अनुरोध गरेका छन्।


कार्यक्रम विवरण:

कार्यक्रम: Meet & Greet with Nepal National Football Team Captain Kiran Chemjong
मिति: बिहीबार, जुलाई २
समय: साँझ ७:०० – ९:००
स्थान: Kasthamandap Restaurant & Bar, 65-14 Roosevelt Street, Woodside, NY 11377

 

Loading...