
फिफा विश्वकप २०२६ को राउण्ड १६ सुरु, क्यानाडा र मोरोक्को भिड्दै
मकै हाउस मिडिया,
फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड १६ का रोमाञ्चक खेलहरू आजदेखि सुरु भएका छन्। पहिलो खेलमा आयोजक राष्ट्र क्यानाडाले मोरोक्कोसँग प्रतिस्पर्धा गर्दैछ। नकआउट चरणमा प्रवेशसँगै दुवै टोली क्वार्टरफाइनल यात्रा सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्। भने आजै राउण्ड १६ को दोस्रो खेल फ्रान्स र पाराग्वेले ईष्टर्न समय अनुसार ५:०० बजे पेन्सिलभेनियाको फिलाडेल्फियाको स्टेडियममा खेल्दैछ ।
विश्वभरका फुटबल समर्थकको ध्यान तानेको राउण्ड १६ निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।



