
शिकागोमा आज जुलाई ५ बाट सप्ताह ‘आध्यात्मिक महोत्सव’ सुरु
मकै हाउस सामुदायिक मिडिया,
ईलिनोईस । अमेरिकाको इलिनोइस राज्यस्थित बेन्सेनभिलमा आज जुलाई ५ देखि ११, २०२६ सम्म ‘शिकागो आध्यात्मिक महोत्सव (Chicago Spiritual Festival)’ सुरु भएको छ।
नेपाली सांस्कृतिक केन्द्र, शिकागोको आयोजनामा तथा केन्द्रको सहयोगार्थ सञ्चालन हुने यस साताव्यापी धार्मिक कार्यक्रममा श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरिनेछ। कार्यक्रममा प्रख्यात वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलबाट श्रीमद्भागवत कथा वाचन हुने आयोजकले जनाएको छ। पण्डित पोखरेललाई साथ दिन बाध्यबादन समुहमा न्युयोर्कलाई कर्मभुमी बनाउदै आएका बरिष्ठ लोक तथा दोहोरी गायक बिमल डॉगी, मेरिल्याण्डबाट खिम ब. मस्यॉगी मंगर र नर्वेबाट गायक/संगितकार सुभास पुन मगरले साथ दिनुहुनेछ ।

महोत्सव १०१ S Church Rd, Bensenville, IL 60106 मा सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रम आज जुलाई ५ (आइतबार) बिहान ८:३० बजे शोभा कलश यात्राबाट सुरु भई समुदाय उद्घाटन समारोह, प्रसाद वितरण तथा श्रीमद्भागवत कथा, भजन–कीर्तन र आरतीका कार्यक्रम हुनेछ ।
जुलाई ६ देखि १० सम्म प्रत्येक दिन बिहान १०:०० बजे पूजा तथा श्रीमद्भागवत पाठ–पारायण, दिउँसो २:०० बजे देखि बेलुका ८:०० बजेसम्म कथा प्रवचन, भजन–कीर्तन, दाता सम्मान तथा आरती गरिने कार्यक्रम रहेको छ।
त्यसैगरी जुलाई ११ (शनिबार) समापन दिन बिहान पूजा तथा पाठ–पारायण, दिनभर कथा प्रवचन, भजन–कीर्तन र दाता सम्मानपछि बेलुका ९:०० बजे पूर्णाहुति तथा समापन समारोह सम्पन्न गरिनेछ।

महोत्सव अवधिभर तुलादान, ग्रहशान्ति पूजा, रुद्राभिषेक, चौरासी पूजा, नवग्रह पूजा, मुण्डन, गण्डर्व विवाह, बेल विवाह लगायत विशेष धार्मिक सेवाको व्यवस्था गरिएको छ। साथै, सातै दिन सहभागी भक्तजनका लागि महाप्रसाद तथा भोजन सेवा पनि उपलब्ध गराइने आयोजकले जनाएको छ।

आयोजकले शिकागो तथा आसपासका नेपाली समुदायसहित सबै धर्मप्रेमी श्रद्धालुहरूलाई महोत्सवमा सहभागी भई आध्यात्मिक लाभ लिन हार्दिक निमन्त्रणा गरेको छ।

