Banner

लायन्स क्लब अफ क्विन्स बुद्धको बुद्ध पौडेलको अध्यक्षमा नयाँ नेतृत्व चयन

 

मकै हाउस सामुदायिक मिडिया, 

न्युयोर्क। लायन्स क्लब अफ क्विन्स बुद्ध (Brooklyn & Queens, New York) को वर्ष २०२६–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। क्लबको अध्यक्षमा लायन बुद्ध पौडेल चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिमा लायन संग दोर्जे शेर्पा प्रथम उपाध्यक्ष, लायन पूर्ण पैजा मगर द्वितीय उपाध्यक्ष, लायन पार्वती सुनाम सचिव तथा लायन चन्द्र नेपाली कोषाध्यक्षमा चयन भएका छन्।

त्यसैगरी, लायन सोनु मल्ला लाई तत्कालीन अध्यक्ष (Immediate Past President) तथा LCIF Coordinator को जिम्मेवारी दिइएको छ। लायन पुरुषोत्तम पन्थी सदस्यता संयोजक (Membership Chair) र लायन खड्ग बी. पुलामी मार्केटिङ संयोजक (Marketing Chair) मा चयन भएका छन्।

“We Serve – Rooted in Service” भन्ने नारासहित नयाँ नेतृत्वले समुदाय सेवाका कार्यक्रमलाई अझ प्रभावकारी, सक्रिय र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। क्लबले आगामी कार्यकालमा सामाजिक सेवा, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा समुदाय सशक्तीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

 

 

Loading...