
गायक यम बराल ल्युकेमिया (रक्त क्यान्सर)का कारण अस्पताल भर्ना
मकै हाउस मिडिया,
न्युयोर्क । सुप्रसिद्ध गायक यम बराल ल्युकेमिया (रक्त क्यान्सर)का कारण बिगत लामो समय देखि अस्पताल भर्ना भएका छन् ।
चलचित्र निर्देशक एभरेष्ट सुर्य बोहोराका अनुसार बिगत लामो समय देखी काठमाण्डौ स्थित टिचिंग हस्पिटलमा ल्युकेमिया (रक्त क्यान्सर)का कारण उपचारत छन् ।
अर्का निर्देशक सुब्रत आचार्यले यम बराल संग भएको फोनवार्ताको आधारमा – गायक बरालको अबस्थामा सुधार हुदै आएको र छिट्टै सामान्य अवस्थामा आउने आफ्नो सामाजिक संजाल फेसबुक मार्फत बताएका छन् र भनेका छन्, सामान्य अवस्थालाई पनी ठुलो बनाएर “भ्रम खेती नगरौ” ।
अहिले सामाजिक संजालमा गायक बरालको स्वास्थ्य अवस्थाबारे चिन्तित हुदै ईष्टमित्र र फ्यानहरुले उहॅाको शिघ्र स्वास्थ्य लाभको कानमा गर्दै फेसबुकमा पोष्ट्याईरहेका छन् ।
हामी मकै हाउस मिडिया टिमपनी गायक बरालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

ल्युकेमिया (रक्त क्यान्सर) के हो?
Leukemia (ल्युकेमिया) रक्त र अस्थिमज्जा (Bone Marrow) मा हुने क्यान्सर हो। अस्थिमज्जाले नयाँ रक्तकोष बनाउने काम गर्छ। ल्युकेमियामा असामान्य सेता रक्तकोष (White Blood Cells) अत्यधिक मात्रामा उत्पादन हुन्छन्, जसले स्वस्थ रक्तकोषहरूको स्थान ओगट्छन्। यसका कारण शरीरको संक्रमणसँग लड्ने क्षमता, अक्सिजन बोक्ने क्षमता र रगत जम्ने प्रक्रिया प्रभावित हुन्छ।
यसको नकारात्मक असर ?
१. बारम्बार संक्रमण हुने – शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ।
२. रक्तअल्पता (Anemia) – राता रक्तकोष कम हुँदा थकान, कमजोरी, सास फेर्न गाह्रो हुने।
३. रक्तस्राव हुने जोखिम – प्लेटलेट कम हुँदा नाक वा गिजाबाट रगत बग्ने, शरीरमा सजिलै नीलडाम देखिने।
४. ज्वरो र राति धेरै पसिना आउने।
५. तौल घट्ने र भोक कम लाग्ने।
६. हड्डी वा जोर्नी दुख्ने।
७. लिम्फ नोड, कलेजो वा प्लीहा सुन्निने।
८. उपचार नगरेमा रोग गम्भीर बन्दै जीवनका लागि जोखिमपूर्ण हुन सक्छ।
के ल्युकेमिया निको हुन सक्छ?
धेरै अवस्थामा समयमै पहिचान र उचित उपचार (जस्तै किमोथेरापी, लक्षित औषधि, इम्युनोथेरापी वा अस्थिमज्जा प्रत्यारोपण) गरेमा राम्रो नतिजा आउन सक्छ। उपचारको सफलता ल्युकेमियाको प्रकार, बिरामीको उमेर, स्वास्थ्य अवस्था र रोगको चरणमा निर्भर हुन्छ।

