Banner

फ्रान्स निरिह हुदा स्पेन फाईनलमा प्रवेश

 

मकै हाउस मिडिया,

न्युयोर्क । फिफा विश्वकप २०२६ को सेमिफाईनल खेलमा फ्रान्स निरिह हुदा स्पेन फाईनल प्रवेश गरेको छ ।

फिफा विश्वकप २०२६ को सेमिफाईनल खेलमा फ्रान्स बिरुद्ध स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै खेल २-० ले जित्दै फाईनल प्रवेश गरेको छ । 

खेलको २२ औ मिनेटमा फ्रान्सका खेलाडीले लमिन यमाललाई डिबक्स भित्र लडाएपछी पाएको पेनाल्टीलाई ओराजावालले गोल गरेपछी खेल पहिलो हाल्फमा स्पेन १-० फ्रान्समा खेल सकिएको थियो । 

खेलको दोस्रो हाल्फमा पनि फ्रान्सको मिडफिल्ड चल्न नसक्दा स्पेनले खेललाई आफ्नो नियन्त्रणमा पार्दै खेलको ५८ औ मिनेटमा पेड्रो पोर्रोले गोल गरेपछी २-० को अग्रता लिएको स्पेनले खेललाई नीयन्त्रणमा लिदै खेल २-० ले जित्दै फाईनल प्रवेश गरेको हो । 

फाईनलमा स्पेनले भोलि हुने सेमिफाईनलको दोस्रो खेल ईंगल्याण्ड र अर्जेन्टिनाको बिचको बिजयी संग फाईनलमा भिडन्त गर्नेछन् । 

 

Loading...