
भिडियो बनाउनु सट्टा समयमै सही प्राथमिक उपचार अपनाए जलेर मर्नबाट बचाउन सकिने: रमेश के.सी. अभियन्ता
मकै हाउस मिडिया, न्युयोर्क
काठमाडौं। सामाजिक अभियन्ता रमेश के.सी.ले आगलागी वा शरीर जलेको अवस्थामा सही समयमा सही प्राथमिक उपचार गर्न सके ठूलो दुर्घटना र ज्यानको जोखिम कम गर्न सकिने बताएका छन्।
उनका अनुसार जलेको व्यक्तिलाई आत्तिन नदिई सबैभन्दा पहिले सुरक्षित स्थानमा लैजानुपर्छ। अनी शरिरमा भएको कपडा, गरगहना निकालिदीनु पर्छ, त्यसपछि जलेको भागलाई कम्तीमा ३० मिनेटसम्म निरन्तर पानी हालेर सेलाउनुपर्छ। यसले छालाको थप क्षति हुन नदिई पीडा कम गर्न मद्दत गर्छ। र यदि जलनको अवस्था अली धेरै र हस्पिटल टाढा छ भने जिवनजल पिलाउदै लादा सहज हुने छ ।
रमेश केसीका अनुसार जलेको घाउमा तेल, घ्यू, टूथपेस्ट, मसी, बेसार, बरफ वा अन्य घरेलु सामग्री लगाउनु हुँदैन। यस्ता सामग्रीले संक्रमणको जोखिम बढाउनुका साथै उपचारमा जटिलता निम्त्याउन सक्छ।

यदि कपडा जलेको छ भने शरीरमा टाँसिएको कपडा जबर्जस्ती तान्नु हुँदैन। साथै, फोका उठेको अवस्थामा त्यसलाई फुटाउन नहुने र सफा कपडा वा स्टेराइल गजले हल्का ढाकेर तत्काल नजिकको स्वास्थ्य संस्था वा अस्पताल पुर्याउनुपर्ने उनको सुझाव छ।
विशेषगरी अनुहार, घाँटी, छाती, हात, खुट्टा वा शरीरको ठूलो भाग जलेको अवस्थामा ढिलाइ नगरी विशेषज्ञ चिकित्सकको उपचार लिनुपर्ने उनले बताएका छन्।

सामाजिक अभियन्ता रमेश केसीले आगलागी तथा जलनका घटनामा सही प्राथमिक उपचारबारे जनचेतना फैलाउन सबैलाई आग्रह गर्दै समयमै अपनाइएको सही प्राथमिक उपचारले धेरैको ज्यान बचाउन सक्ने उल्लेख गरेका छन्।
जलन सम्बन्धि बनाएको सचेतनाको भिडियो लिंक तल राखिएको छ ।