
सांसद मनिष झालाई फिप्नाको न्युयोर्कमा ध्यानाकर्षण पत्र हस्तान्तरण
मकै हाउस सामुदायिक मिडिया, न्युयोर्क
न्युयोर्क । नेपाल आदिवासी जवजाती महासंघ, अमेरिका (फिप्ना)ले सांसद मनिष झा न्युयोर्कमा रहेको समय पारेर ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ ।
उक्त पत्रमा लेखिएको व्यहोरा तल राखिएको छ ।
श्रीमान् माननीय मनिष झा ज्यु !
प्रतिनिधिसभा साम्सद !
विषय: नेपाल सरकारको ध्यानाकर्षण गराइदिनुहुन सम्बन्धमा।
माननीयज्यू, तपाईंसँग भेट्ने अवसर पाएकोमा खुशी लागेको छ। भर्खरै सम्पन्न निर्वाचन अनि पार्टीको महाधिवेशनबाट नयाँ पुस्ताको नेतृत्वको रूपमा तपाईं अगाडि आउनुभएको छ। देशले आज नयाँ सोच, नयाँ सरकार, संस्कार र जिम्मेवार नेतृत्व खोजिरहेको पनि थियो ।
१, नेपालि इतिहासमा भएका सबै खाले परिवर्तनको योगदान
हेर्दा संघीय लोकतान्त्रिक व्यवस्थासम्म आइपुग्दा नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, सिमान्तकृ, उत्पीडित समुदायको ठूलो योगदान र संघर्षलाई बिर्सन मिल्दैन। यही योगदान आजको समावेशीता लोकतन्त्रको जग, आधार बनेको हो।समावेशिताको वास्तविक अर्थ समावेशिता भनेको केवल भाषणमा प्रयोग गर्ने शब्द होइन, राज्यका हरेक तह र तप्कामा सबै समुदायको सम्मानजनक सहभागिता, प्रतिनित्व समान अवसर र न्याय सुनिश्चित हुनु हो र गरिनु हो !
२,आदिवासी जनजाति संस्थाहरूको संरक्षण
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानजस्ता संस्थाहरू कुनै एउटा समुदायका मात्र होइनन्, नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान संरक्षण गर्ने राष्ट्रिय संरचना हुन्। यस्ता संस्थालाई कमजोर बनाउने होइन, अझ प्रभावकारी र सशक्त बनाउनेतर्फ ध्यान दिनुपर्छ। यो सरकारले ति प्रतिस्ठान खारेजिको कुरा ल्यायेकोछ जस्ले हाम्रो समुदायमा अर्कै सिराह देखि बहस गर्नुपर्छ भन्ने तरङ ल्यायेको छ ! राज्यले ध्यान पुर्यावोश र संघीयताको मर्म बेवास्ता गर्दै सम्रचनाको सुधार गर्ने निहुमा जनयुद्ध र मधेश आन्दोलन र सबै आन्दोलन लाइ बेवास्ता गरे देश दुर्घटनामा जाने सम्भावना छ त्यो ध्यान आकर्षक गराउन चाह्न्छौ !
३,नयाँ राजनीतिक शक्तिको जिम्मेवारी
राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ राजनीतिक विकल्पको रूपमा आएको हुनाले पुराना कमजोरी दोहोर्याउने होइन, नयाँ राजनीतिक संस्कार र समावेशी नेतृत्वको उदाहरण बन्नुपर्छ। तपाईंको भूमिकाप्रति अपेक्षा गर्दै तपाईं स्वयं समावेशिताको भावना बोकेको समुदायबाट आउनुभएको हुनाले, पार्टीभित्र र सम्सदमा आदिवासी जनजाति, मधेसी, मुस्लिम, सिमान्तकृ, दलितलगायत सबै समुदायको न्यायपूर्ण आवाजलाई बलियो रूपमा उठाउनुहुनेछ भन्ने अपेक्षा छ।
अन्तिम सन्देश
हामी सरकारको विरोध गर्न होइन, संविधानको मर्म, समान नागरिक सम्मान र न्यायपूर्ण समाज निर्माणका लागि आवाज उठाइरहेका छौं। तपाईंको आवाज नेपालको उत्पीडनमा परेका र परिएका बहुसन्ख्यक समुदायको आशा र विश्वास हो !



