
रक्त क्यान्सरका कारण उपचारत गायक यम बरालका लागि अमेरिकामा ‘गोफन्डमी’ मार्फत सहयोग संकलन
मकै हाउस सामुदायिक मिडिया,
वरिष्ठ गायक यम बराल रक्त क्यान्सरको एक प्रकार ‘मल्टिपल मायलोमा’ बाट पीडित भएका छन्। ५६ वर्षीय बरालको हाल काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
चिकित्सकले उनको उपचारका लागि किमोथेरापी, लक्षित क्यान्सर उपचार तथा त्यसपछि स्टेम सेल प्रत्यारोपण गर्न सिफारिस गरेका छन्। उपचारमा ठूलो खर्च लाग्ने भएपछि शुभेच्छुकहरूको पहलमा गोफन्डमी (GoFundMe) मार्फत आर्थिक सहयोग अभियान सुरु गरिएको छ। संकलित रकम उपचार, औषधि, परीक्षण, अस्पताल बसाइ तथा उपचारपछिको स्वास्थ्यलाभमा खर्च गरिने जनाइएको छ।

इलामको फिक्कलमा जन्मिएका बराल नेपाली सुगम तथा चलचित्र संगीतका चर्चित गायक हुन्। उनका ‘अब चोटहरूले’, ‘दिलमाया दिलमाया’ र ‘माया बस्यो मुटुमा’ लगायतका गीतहरू निकै लोकप्रिय छन्। अभियान टोलीले देश–विदेशमा रहेका नेपाली तथा संगीतप्रेमीहरूलाई सक्दो सहयोग र अभियानलाई साझा गरिदिन आग्रह गरेको छ।
https://www.gofundme.com/f/-vc7k4?attribution_id=sl:78bc4697-fcab-40f2-9d33-c954d89f6ff3&lang=en_US&ts=1785345403&utm_campaign=fp_sharesheet&utm_content=amp20_control&utm_medium=customer&utm_source=facebook&fbclid=IwRlRTSATXLLBwZG9mBWZkaWQWULdR89DryDmhvQDuNkZshOb2o-K79WV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5hP1ADTjQXeqcbJrBk-6xIxVV9Gm2FriSTudCkRR0yDnJZwbzGXP4cLzfB-w_aem_VprGg601MT6eO7l5wy7gig

