Banner

खेलकुदले जोडेको नेपाली समुदाय: LINSNY टेनिस तथा खुला दौड प्रतियोगिता सम्पन्न

मकै हाउस सामुदायिक मिडिया, 

न्युयोर्क। लङ आइल्याण्ड नेपाली समाज, न्युयोर्क (LINSNY) द्वारा आयोजित Tennis Doubles Championship 2026 तथा Open Running Tournament 2026 उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएका छन्। प्रतियोगिताले खेलकुदसँगै स्वस्थ जीवनशैली, मित्रता, अनुशासन र सामुदायिक एकताको सकारात्मक सन्देश दिएको छ।

टेनिसमा १० टोलीको प्रतिस्पर्धा

अगस्ट ८ मा East Meadow High School मा आयोजित टेनिस प्रतियोगितामा क्वीन्स र लङ आइल्याण्डका २० खेलाडी सम्मिलित १० doubles teams ले प्रतिस्पर्धा गरेका थिए। प्रतिकूल मौसमका कारण स्थगित भएको फाइनल खेल अगस्ट ९ मा सम्पन्न भएको थियो।

क्वीन्सका Narendra Thapa र Sonam Sherpa च्याम्पियन बने भने लङ आइल्याण्डका Jay Baral र Janak Basnet उपविजेता बने। Danny S. Augustee (Long Island) लाई Player of the Tournament घोषित गरियो।

Danny S. Augustee र Bishant Tripathi तथा Purushottam Sapkota र Govind KC का टोली सेमिफाइनलसम्म पुगेका थिए। विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

पुरस्कार वितरण तथा शुभकामना

पुरस्कार वितरण समारोह संस्थाका महासचिव Bishal Regmi ले सञ्चालन गर्नुभएको थियो। उहाँले विजेता, उपविजेता तथा सहभागी सम्पूर्ण टोलीलाई बधाई दिँदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

LINSNY का सल्लाहकार Govind KC र Danny S. Augustee ले धन्यवाद मन्तव्य राख्दै आयोजक संस्था, सहभागी खेलाडी, प्रायोजक, स्वयंसेवक, दर्शक तथा सम्पूर्ण समर्थकहरूप्रति आभार व्यक्त गर्नुभयो।

संस्थाकी अध्यक्ष Sabitra Siwakoti ले विजेता, उपविजेता तथा सहभागी सम्पूर्ण खेलाडीलाई बधाई दिनुभयो। उहाँले कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै समुदायमा खेलकुद, स्वस्थ जीवनशैली, मित्रता र एकताको भावना विकास गर्न LINSNY ले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

टेनिस संयोजकद्वारा सबै सहयोगीप्रति आभार

टेनिस संयोजक Purushottam Sapkota ले सहभागी खेलाडीहरूले प्रदर्शन गरेको अनुशासन, उत्साह, खेलभावना र आपसी सहयोगको प्रशंसा गर्दै विजेता तथा उपविजेता टोलीलाई बधाई दिनुभयो।

उहाँले कार्यक्रम सफल बनाउन नेतृत्व र निरन्तर सहयोग प्रदान गर्ने LINSNY नेतृत्व टोली, संरक्षक, सल्लाहकार, कार्यसमिति सदस्य, सम्पूर्ण टेनिस टोली, खेलाडी, प्रायोजक, स्वयंसेवक, दर्शक तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

साथै, नेपाली समुदायमा खेलकुदप्रतिको रुचि बढाउन, नयाँ खेलाडीलाई प्रोत्साहन गर्न तथा विभिन्न पुस्ताबीच मित्रता र एकता अझ मजबुत बनाउन भविष्यमा यस्ता प्रतियोगितालाई थप व्यवस्थित र व्यापक रूपमा निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो।

सहयोगीहरूलाई विशेष धन्यवाद

खेलाडी तथा स्वयंसेवकहरूका लागि refreshments, energy drinks र Gatorade प्रायोजन गर्ने Tej Kumari KC र Govind KC, साथै coffee, snacks, croissants र पानी उपलब्ध गराउने Bishal Regmi लाई आयोजकले विशेष धन्यवाद दिएको छ।

उहाँहरूको सहयोगले खेलाडी तथा स्वयंसेवकलाई आवश्यक ऊर्जा प्रदान गर्नुका साथै प्रतियोगितालाई थप व्यवस्थित, सहज र उत्साहपूर्ण बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो।

खुला दौडमा करिब ४० जनाको सहभागिता

सोही दिन विभिन्न १० उमेर समूहमा आयोजित Open Running Tournament 2026 मा बालबालिकादेखि वयस्कसम्म करिब ४० जना प्रतियोगीले उत्साहपूर्वक सहभागिता जनाएका थिए। दौड प्रतियोगिताको संयोजन संस्थाका खेलकुद संयोजक Dr. Yam Giri ले गर्नुभएको थियो।

बालबालिका तथा परिवारहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप जीवन्त र समावेशी बनाएको थियो। प्रतियोगिताले समुदायमा स्वास्थ्य, फिटनेस र सक्रिय जीवनशैलीको महत्त्वबारे सकारात्मक सन्देश प्रवाह गरेको छ।

अब Soccer Championship 2026 को तयारी

LINSNY को खेलकुद कार्यक्रमअन्तर्गत Soccer Championship 2026 आगामी अगस्ट २२, २०२६ मा Cedar Creek Park मा आयोजना हुँदैछ।

संस्थाले प्रतियोगितामा सहभागी हुन इच्छुक टोली तथा खेलाडीलाई समयमै नाम दर्ता गर्न अनुरोध गरेको छ। साथै, खेलाडीहरूको उत्साह बढाउन कार्यक्रममा उपस्थित भई समर्थन गर्न सम्पूर्ण समुदायलाई हार्दिक आह्वान गरिएको छ।

समग्रमा, टेनिस तथा खुला दौड प्रतियोगिताले नेपाली समुदायभित्र रहेका खेल प्रतिभालाई प्रोत्साहन गर्नुका साथै स्वस्थ जीवनशैली, मित्रता, सहकार्य र सामुदायिक एकतालाई थप मजबुत बनाएको छ।

 

 

Loading...