
न्युयोर्कमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । ब्लड डोनर्स अफ अमेरिका, न्युयोर्कको संयोजन र द गुरुंग (तमु) सोसाईटि अमेरिका, क्विन्स बुद्ध लायन्स क्लब, बलेवा सोसाईटि अफ अमेरिका, शेर्पा एसोसियसन ईन अमेरिका, प्रवासी नेपाली एकता मंच, अमेरिका, किरात याक्थुंग चुम्लुंग अमेरिका र हाम्रो आमाको संयुक्त आयोजनमा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


न्युयोर्कको क्विन्स स्थित टार्गेट मलको हलमा गत अगष्ट २४,२०२६ आईतबारका दिन उक्त सामुहिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।


उक्त रक्तदान कार्यक्रममा दर्ता गराएका ४२ र पैदलयात्री ९ गरी जम्मा ५१ जनाले रक्तदान गरेका थिए । रक्तदान गरेकाहरुलाई स्न्याक्स र प्रमाणपत्रको द्वारा सम्मान गरेका थिए ।


