
रसुवा बाढीपीडितका लागि एभरेस्ट ग्रुपबाट १५ लाख राहत सहयोग घोषणा
मकै हाउस सामुदायिक मिडिया,
न्यूयोर्क/स्यान फ्रान्सिस्को — रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि Everest Group–San Francisco (Bay Area) ले १५ लाख रुपैयाँ राहत सहयोग गर्ने घोषणा गरेको छ।

समूहका पाँच सदस्यद्वय (ब्यवसायी) प्रिन्स युवराज कार्की, अनिल पाण्डे, धिरज कार्की, सागर थापा र शुशिल नेपालीको संयुक्त हातेमालोमा उक्त सहयोग रकम प्रधानमन्त्री राहत कोषको खाता मार्फत बाढीपीडितको राहतका लागि उपलब्ध गराइने जनाइएको छ। विपद्को दुःखद घडीमा राज्य मात्र नभई विदेशमा रहेका नेपाली समुदायले पनि एकअर्कालाई सहयोग गर्नुपर्नेमा समूहले जोड दिएको छ।

बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको अवस्थामा राहत तथा उद्धारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुटिरहेको छ।
“सहयोग ठूलो वा सानो हुँदैन, त्यस पछाडिको मन ठूलो हुनुपर्छ” भन्ने सन्देशसहित समूहले सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेको छ।

