
रियल म्याड्रिड क्लबद्वारा खेलअघि नेपालका बाढी पीडितको सम्झनामा मौनधारण
मकै हाउस मिडिया,
स्पेनको म्याड्रिडस्थित सान्टियागो बर्नाबेउ रंगशालामा रियल मड्रिड र मालागाबीचको खेल सुरु हुनुअघि नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका पीडितहरूको सम्झनामा मौनधारण गरिएको छ।

खेल सुरु हुनुअघि खेलाडी, अधिकारी तथा रंगशालामा उपस्थित दर्शकहरूले बाढीपीडितहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै केही समय मौनधारण गरेका थिए।

