
बलेवा समाज अमेरिकाद्वारा बाढी–पहिरो पीडितका लागि २,३२६ डलर सहयोग
मकै हाउस मिडिया,
न्यूयोर्क — नेपालमा गएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित परिवारको राहतका लागि बलेवा समाज अमेरिकाले २ हजार ३२६ अमेरिकी डलर सहयोग गरेको छ। समाजले संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री प्राकृतिक प्रकोप राहत कोषमा पठाएको जनाएको छ।
समाजका अध्यक्ष शंकर पौडेलले नेपाल रोइरहेको दुःखद घडीमा पीडित दाजुभाइ तथा दिदीबहिनीको पीडामा साथ दिन समाजले आफ्नो तर्फबाट सानो भए पनि मानवीय सहयोग गरेको बताए।

उनले भने, “हाम्रो यो सहयोग रकमभन्दा ठूलो मानवीय भावना र एकताको प्रतीक हो। पीडामा परेका परिवारहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनाका लागि सबै नेपाली एकजुट बनौँ।”
समाजले सहयोग गर्ने सम्पूर्ण दाता तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै ‘मानवता नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने सन्देश दिएको छ ।



