
नेपाली परिवार समूह अफ लेभिटाउनद्वारा नेपालका विपद् पीडितका लागि रु. २ लाख ३१ हजार सहयोग
मकै हाउस मिडिया, लेभिटाउन, न्यूयोर्क — शंकरराज भण्डारी
नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि Nepali Family Group of Levittown in New York (GOLF) ले आर्थिक सहयोग प्रदान गरेको छ।
सो समूहका शंखनारायण प्रजापती र रश्मी भट्टको पहलमा संकलित अमेरिकी डलर १,५२२ रकम आजको बैंक विनिमय दरअनुसार रु. २,३१,३४४.०० (अक्षरेपी: दुई लाख एकतीस हजार तीन सय चवालीस रुपैयाँ) बराबर हुन आएको र उक्त रकम “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा जम्मा गरिएको समूहले जनाएको छ।

विपत्तिबाट प्रभावित तथा घाइते नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यस मानवीय अभियानमा आर्थिक तथा नैतिक रूपमा साथ दिने सम्पूर्ण सहयोगीहरूप्रति GOLF परिवारले हार्दिक आभार व्यक्त गरेको छ।

सहयोग गर्ने दाताहरू
१. सानु/उषा सिलवाल
२. शरद पौडेल
३. यशिना छन्त्याल (Yashina Chhantyal)
४. रस्मी भट्ट
५. शंकर भण्डारी
६. शंखनारायण प्रजापती
७. रोजी श्रेष्ठ
८. निर्मल थपलिया
९. सहकुल गिरी
१०. बिपिन भट्ट
११. टक रूवाली
१२. सिसं भण्डारी
१३. सुरेन्द्र विक्रम बस्नेत
१४. राम/रूपा क्षेत्री
१५. सूर्य पौडेल
१६. मञ्जु सिटौला थापा
१७. सन्तोष खाँड
GOLF ले विपत्तिमा परी ज्यान गुमाउनुहुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा पीडित र घाइतेहरूप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ।
साथै, विपत्तिको यस कठिन घडीमा उद्धार तथा राहत कार्यमा खटिनुभएका नेपाल सरकार, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवी, विभिन्न संघसंस्था तथा सहयोगी व्यक्तिहरूप्रति समूहले हार्दिक सम्मान र कृतज्ञता व्यक्त गरेको छ।

समूहले “सहयोग सानो–ठूलो हुँदैन, भावना नै सबैभन्दा ठूलो कुरा हो” भन्ने सन्देशसहित विपत्तिको समयमा एकता, सहयोग र मानवीय सेवाका लागि सबैलाई एकजुट हुन आह्वान गरेको छ।
Nepali Family Group of Levittown in New York (GOLF) ले मानवीय सेवाको यस अभियानमा साथ दिने सम्पूर्ण दाताहरू तथा शुभेच्छुकहरूप्रति पुनः हार्दिक आभार तथा धन्यवाद समेत व्यक्त गरेको छ।
एकता, सहयोग र मानवता — नेपालीको साथ नेपालीलाई।
