Banner

नेपाल बाढीपीडितलाई महेश खड्काको तीन लाख सहयोग

 

मकै हाउस मिडिया, – टिका ढकाल 

न्यूयोर्क — गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य महेश कुमार खड्काले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि तीन लाख रुपैयाँ सहयोग गरेका छन्।

खड्काले अमेरिकाको न्यूयोर्कबाट उक्त रकम गैरआवासीय नेपाली संघ आपतकालीन कोष, त्रिपुरेश्वर, काठमाडौंको खातामा जम्मा गरेका हुन्।

अगस्ट २५ मा आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा सुरक्षित पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराएको खड्काले बताएका छन्।

उनले विपद्को समयमा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सामूहिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै गैरआवासीय नेपाली संघका पदाधिकारी तथा सदस्य, विश्वभर रहेका गैरआवासीय नेपाली, विभिन्न संघसंस्था तथा शुभेच्छुकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेका छन्।

‘मातृभूमि विपत्तिमा परेको यस कठिन घडीमा पीडित परिवारको साथमा उभिनु हामी सबैको साझा मानवीय दायित्व हो,’ खड्काले भने, ‘विश्वभर रहेका नेपालीलाई एकताबद्ध भएर राहत तथा पुनर्स्थापनामा सक्दो सहयोग गर्न आग्रह गर्दछु।’

 

 

Loading...