Banner

चलचित्र “पेन्सन पट्टा” अमेरिका भरी प्रदर्शन हुने, पहिलो शो न्युयोर्कमा हुने

 

मकै हाउस मिडिया, बिर घर्ती मगर              

न्युयोर्क । नेपाली चलचित्र ‘पेन्सन पट्टा’ अमेरिका भर प्रदर्शन गरिने भएको छ । यो फिल्मको पहिलो शो भने न्युयोर्कमा अक्टोबर ४ र ५ तारिखमा रूजभेल्ट एभिन्यु स्थित द प्यालेसको हलमा प्रदर्शन गर्न लागिएको हो ।                    

नेपालमा ११ सेप्टेम्बर देखि अहिलेसम्म प्रदर्शन भैरहेको यो फिल्मको राइट अमेरिकामा नानु क्रियटिभ मिडियाले किनेको छ भने न्युयोर्कमा पहिलो शो प्रदर्शनीका दौरान मुख्य अभिनेत्री गौमाया गुरुङको पनि विशेष उपस्थिति रहने बताइएको छ ।

 चलचित्रको पहिलो शो अक्टोबर ४ मा दिउँसो १ बजे राखिएको  छ भने दोस्रो शो अक्टोबर ५ मा बेलुका ५ : ३० बजे राखिएको छ ।

माओत्से गुरुङको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, स्वर्गीय सुनिल थापा, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर गुरुङ र मनिका गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।          

 

 

Loading...