
अपर मुस्ताङ समुदाय, युएसए (लो न्याम्सिप एसोसिएसन)ले बाढीपीडित राहतका लागी १ करोड ५० लाख बढी सहयोग
मकै हाउस मिडिया,
न्युयोर्क — नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि Lo Nyamship Association USA Inc. ले एक लाख अमेरिकी डलरभन्दा बढी रकम संकलन गरेको छ।
एसोसिएसनले सार्वजनिक गरेको सेप्टेम्बर २८, २०२६ सम्मको विवरणअनुसार, ३८२ जना दाताबाट कुल १ लाख ६३१ अमेरिकी डलर ($100,631) संकलन भएको छ।

नेपालका बाढी प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमार्फत संकलित रकम राहत तथा पुनर्निर्माणका लागि प्रयोग गरिने जनाइएको छ।

“Culture, Identity, Unity” लाई आफ्नो मूल भावनाका रूपमा अघि बढाउँदै आएको Lo Nyamship Association USA Inc. ले सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेको छ।
लो न्याम्शिप एशोशिएसन युएसए, अमेरिकालाई कर्मथलो बनाईबसेका नेपाल स्थित अप्पर मुस्ताङ वासीहरुको छाता संगठन हो ।

