
न्युयोर्क लायन्स क्लबद्वारा “बिश्व क्यान्सर दिवस”का दिन सचेतना कार्यक्रम सम्पन्न

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । बिश्व क्यान्सर दिवसको (World Cancer Day ) अवसरमा लायन्स क्लव कुईन्स बुद्ध र कुईन्स केटीएमले संयुक्तरुपमा बच्चाहरूको लागि क्यान्सर रोगको बारेमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् ।

त्रिमूर्ति एकेडेमी बासंवारी काठमाण्डौ का ७-१२ कक्षा का विद्यार्थीहरूलाई Institute of Medicine IOM टिचिगं हस्पिटल महाराजगंजका डाक्टरहरू डा. सूवर्ण गिरी र अनिल बिष्ट ले क्यान्सर रोगको वारेमा जानकारीका साथ-साथै बिद्यार्थीहरूका जिज्ञासाहरूलाई निवारण गरेका थिए ।कार्यक्रलाई प्रेरणादायी बनाउन डाक्टरहरूले Latest Technology प्रयोग गर्दै श्रव्य दृष्य सहित विद्यार्थी लाई क्यान्सर सम्वन्धी थोरै समयमा अधिक जानकारी दिने प्रयास गर्नु भयो। डा. सूमन आचार्य र अश्रु न्यौपानेको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।


त्रिमूर्ति एकेडेमीका प्रिन्सिपल प्रा.डा. किशोर कुमार राजभण्डारीले यस्ता प्रकारका कार्यक्रम विद्यार्थी र हाम्रो समाजलाई आवश्यक रहेको र World Cancer Day को औचित्यलाई पनि महशुस गरि जनचेतनामुलक कार्यक्रम स्कूलमा संचालन गर्न अनुमतिका साथ आवश्यक अन्य तयारीका लागि स्कुलका कर्मचारी परिचालन गरि सहयोग गर्नु भएको थियो । कुईन्स केटीएम लायन्स क्लव कि अध्यक्ष रश्मि श्रेष्ठले आफूलाई आफ्ना क्लवका कार्यक्रम नेपालमा र अति आवश्यक रहेको ठाउमा सम्मन्वय गर्न पाउदा खुशी व्यक्त गरिन् सचिव करूणा क्षेष्ठ कोषाघ्यक्ष अरूणा लामाले नेपालमा गरिने कार्यक्रमले थोरै भए पनि केहि योगदान गर्न पाउदा हामी सबैलाई हर्ष तुल्याएको छ भन्ने कुरा ब्यक्त गर्नुभयो । कुईन्स बुद्धका पदाधिकारीहरू लायन वरिष्ठ उपाध्यक्ष बुद्ध पौडेल, जोन चेयर खडग पुलामी, पूर्व जोन चेयर अर्जुन गौडेल,पूर्व अध्यक्ष रिमाया नेपाली, उपाध्यक्ष चन्द्र नेपाली ले यो कार्यक्रम नेपालमा गराउने क्लवको यो प्रयासको सर्हाना गर्दै अन्य कार्यक्रमहरू पनि लक्षित समुदायमा पुर्याउन क्लवले सक्दो प्रयास गर्ने कुरा व्यक्त गर्नु भयो।

सो कार्यक्रमॅा नेपालमा त्रिमूर्ति स्कूलका संचालक समितिका सदस्यहरू अविभावकहरू र शिक्षकहरू र विद्यार्थीहरू गरि ८० जनाको सहभागिता रहेको थियो।
