
क्विन्स बुद्ध लायन्स क्लब न्युयोर्कले सर्लाहीमा रहेको बाल आश्रमलाई खाधान्न सहयोग गरेको छ ।

मकै हाउस टिभी एण्ड न्युज,
न्यूयोर्क । न्यूयोर्कमा स्थापना भएको नेपालीहरूको पहिलो क्लव कुईन्स बुद्ध लायन्स क्लबले सर्लाही जिल्लाको हरिवन नगरपालिकामा रहेको अनाथ वाल आश्रमका बालवालिकाका लागि खाध्यान्न बस्तु, कपडा र अति आवश्यक सामानहरु एक कार्यक्रमको आयोजना गरी सोहि वडाको अध्यक्षको प्रमुख आतिथ्यतामा आश्रमका संचालकलाई हस्तान्तरण गरेको छ ।

गत फेब्रवरी २४,२०२४ शनिबारका दिन वडा अध्यक्ष कोकिला नन्द उप्रेतीको प्रमुख आतित्थतामा उक्त खाधान्न बितरण कार्यक्रम सम्पन्न भएको हो । (Lions International) लायन्स अन्तराष्ट्रियले राखेका उदेश्यहरू प्राप्तिका लागि आफ्ना कार्यक्रमहरू लक्षित समुदाय सम्म पुर्याउने र बास्तविक पिडित र सरोकारवाला लाई सेवा दिने “We Serve” भन्ने मूल मन्त्रलाई सार्थक वनाउने कार्यक्रम विभिन्न विधामा जस्तै, बच्चाहरूलाई लाग्ने क्यान्सर (Childhood Cancer), ॲाखा जॅाच सगं सम्वन्धि विभिन्न सिविर (Vision), मधुमेह (Diabetes), वातावरण संरक्षण कार्यक्रम (Environment), भोकोलाई खाना (Hunger) तथा युवा (Leo) लक्षित कार्यक्रमहरु बिश्वब्यापीरुपमा गर्दै आएको Lions International को उक्त ५ गोल मध्ये भोकोलाई खाना (Hunger) कार्यक्रम अन्तर्गत क्विन्स बुद्ध लायन्स क्लबले सर्लाहीमा रहेको सर्भिस फर पिस संस्थाले बिगत २ दशक देखि संचालन गर्दै आईरहेको वाल आश्रमका लागि “Healthy Food For Orphan Children” नामक शिर्षक राखि खाधान्न, लत्ता कपडा र अत्ती आबश्यक सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

उक्त सेवामुलक कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्नुभएका वडा अध्यक्ष उप्रेती र संस्थाकी महासचिब जिन्तु नकर्मी खनाल र बाल आश्रमका संयोजक चेतन कुमार रिजालले बोल्नुहुदै सात समून्द्र पारीको देशमा रहेर पनि नेपाली भूमि र अनाथ असायह बच्चाहरू प्रति देखाउनु भएको माया र सेवाभाब अनी उनीहरूको उज्वल भविष्य निर्माणका लागि लायन्स क्लव कुईन्स बुद्ध न्युयोर्क र शान्ति आभियान सगं आवद्ध अमेरिकामा बसोवास गर्ने नेपालीहरु प्रती आर्थिक सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुका साथै यस्ता कार्यक्रम र सहयोग भबिष्यमा पनि रहिरहोस् ,परोपकारी मनहरू बढ्दै सहयोग प्राप्त रहिरहोस् भन्ने भावनात्मक सन्देशका साथ आफ्नो मन्तव्य राख्नु भएको थियो ।

उक्त बालआश्रमका लागी क्विन्स बुद्ध लायन्स क्लब र शान्ती अभियान संग जोडिएका अमेरिकाका बिभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरु स-साना सहयोगमा अमेरिकी डलर $१००० (रु. १,३२०,५०) संकलन गरि नेपाल पठाईएको हो ।
