Banner

न्युयोर्क शहरमा “बालेन”को तस्बिर राखिएको जिप चलाउने मान्छे आखिर को हो ?

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । केहि समय देखि न्युयोर्कमा बालेन शाहको तस्बिर राखिएको जिप भाईरल भैरहेको छ, आखिर को हो त त्यो बालेनको तस्बिर वाला जिप चलाउने ब्यक्ति ? । 

काठमाण्डौ महानगरपालिकाका प्रमुख मेयर बालेन शाहको ठुलो फोटो राखिएको न्युयोर्क शहरमा गुड्ने गाडी र तस्बिर पछिल्लो समय भाईरल बनेको छ । १६ बर्ष पहिले न्युयोर्कलाई कर्मभुमीको रुपमा रोजी नेपालबाट आएका पासांग निमा शेर्पाको जिप हो । न्युयोर्कको क्विन्समा डेढ दशक देखि बसोबास गर्दै आईरहेका छन् । 

को हुन् त पासांग निमा शेर्पा ? 

पासांग निमा शेर्पा सगरमाथा आरोही हुन्, २००४ मा उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । सगरमाथाको सफल आरोहण पश्चात केही समय पछि संयुक्त राज्य अमेरिकाको न्युयोर्क आएका शेर्पाले १ दशक भन्दा लामो समय देखि न्युयोर्कको ब्रुकलिन स्थित बोल्डरिंग प्रोजेक्टमा पर्खाल (वाल) आरोहण प्रशिक्षकको रुपमा कार्य गरिरहेका छन् । र न्युयोर्कमा स्थापना भएको सगरमाथा आरोहीहरुको संस्था युएस नेपाल क्लाईम्बर्स एसोसिएशनका संस्थापक अध्यक्षको रुपमा पनि समुदायमा सामाजिक उत्तरदायित्व बहन गर्दै आईरहेका छन् । उनि न्युयोर्कमा पहिलो वाल आरोही प्रशिक्षक पनि हुन् । 

हिमाल आरोहण संगै शेर्पा एक कुशल नृत्यकर्मी, कलाकार र फोटोग्राफर पनि हुन् । पहिले-पहिले न्युयोर्कमा हुने हरेक नेपाली सांस्कृतिक कार्यक्रमहरुमा नृत्य गरेको देख्न पाईन्थ्यो शेर्पालाई । शेर्पाले स्टेजमा नृत्य संगै केहि नेपाली म्युजिक भिडियोहरुमा पनि अभिनय गरेका छन् । भने कार्यक्रमहरुमा शेर्पा एक कुशल फोटोग्राफरको रुपमा पनि आफुलाई समुदाय माझ परिचित बनाईसकेका छन् । शेर्पा हाल आफ्नो कर्म संगै डिजेको पनि काम गर्छन् । 

 

पासांग निमा शेर्पा भन्नुहुन्छ :- “बालेन शाह कामनपाको प्रमुख भैसकेपछि निडर भई धेरै उदाहरणिय कामहरु गर्नुभयो, त्यो साहस र भिजन देखेर म उहॅाको ठुलो फ्यान भएको हु, मेरो अन्तिम सास रहुन्जेल सम्म म उहॅालाई साथ र समर्थन गर्नेछु, उहॅाले भबिष्यको लागी केहि योजना बनाउनु भएको छ र अहिले बाहिर ल्याउनु भएको छैन भने पनि मेरो अहिले देखी नै समर्थन छ, मलाई उहॅा प्रति १००% बिश्वास छ, उहॅाले जे गर्नुहुन्छ राष्ट्रको भलाईको लागी गर्नुहुन्छ”। 

 

Loading...