
हर्क चाम्लींग र अन्नु चौधरीको ‘तिम्रो मिठो मायाले’ चर्चा कमाउदै (भिडियो सहित)

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गायक हर्क चाम्लिंगको ‘ तिम्रो मिठो मायाले’ बोलको भिडियोले चर्चाले कमाउदै छ ।
४ दिन पहिले गायक चाम्लिंगले आफ्नै युट्यूब च्यानल “हर्क चाम्लींग-अफिसियल”बाट गितको भिडियो सार्बजनिक गरेको हो । भिडियोलाई ४ दिनमा ४३ हजार पटक हेरिएको छ ।

गायक हर्क चाम्लिंग र गायिका अन्नु चौधरीको स्वरमा सजिएको उक्त बोलको गितलाई उत्तम बर्तौलाले लेखेका हुन्, भने संगित सौगात जंग थापाले गरेका हुन् । एरेन्जर बिशाल निरौला, मिक्सिंग/मास्टरिंग रन्जन राईले गरेको गितलाई अलंकार डिजिटल स्टुडियोले तयार पारेका हुन् ।
केशब राज भट्टको निर्देशनमा तयार भएको भिडियोमा प्रभात पल ठकुरी र सोफि धरेलले अभिनय गरेका छन् । भिडियोलाई उत्सब दाहालले खिचेका हुन् भने, कलर र सम्पादन दिन्सोन शाहले गरेका हुन् । मेकअप आर्टिस्ट सबिना उप्रेती रहेको भिडियोलाई देबी राईले निर्माण गरेकी हुन् । भिडियोको लिंक तल राखिएको छ ।
