
९ वटा संस्थाको सहकार्यमा भोली ‘भर्चुअल मधुमेह शिक्षा र वकालत’ बिषयक सेमिनार हुदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । ९ वटा संस्थाको संयुक्त सहकार्यमा भोली आईतबार सॅाझ ‘भर्चुअल मधुमेह शिक्षा र वकालत’ बिषयक सेमिनार हुने भएको छ ।
भोली जुन १६, २०२४ आईतबार सॅाझ ८ः१५ बजे (न्युयोर्क समय अनुसार) मकै हाउस टिभी एण्ड न्युजको अफिसियल पेज मार्फत सेमिनार हुने भएको हो । रिजवुड नेपली समाज, नेपाली अमेरिकन नर्सेस एशोसियशन, क्विन्स केटिएम लायन्स क्लब, जमैका नेपाली समाज, गैर आवासिय नेपाली संघ, अमेरिका, मगर संघ अमेरिका, संयुक्त शेर्पा संघ अमेरिका, सफक काउन्टि नेपाली समाज, न्युयोर्क र क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त सहकार्यमा उक्त शैक्षिक तथा जनचेतनामुलक कार्यक्रम हुन लागिएको हो ।

कार्यक्रममा डा. अश्रु न्यौपाने र डा. सुमन आचार्य प्रमुख बक्ताको रुपमा रहनुहुने छ भने कार्यक्रमकौ मोडेरेट रजिष्टर्ड नर्स तथा नानाकी संस्थापक अध्यक्ष सुनिता भण्डारीले गर्नु हुनेछ । यस् कार्यक्रमको संयोजन भने क्विन्स बुद्ध लायन्स क्लबकी पुर्ब अध्यक्ष रिमाया नेपालीले गर्नु भएको छ ।
